होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन
समाचार

चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन

  • नागरिक रैबार
चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन

चितवन, मंसिर ६–चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो ।

विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उहाँ निर्वाचनमा मतदान गर्न चितवन आएको उहाँका भाई भुवन विकले जानकारी दिनुभयो । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उहाँले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गर्नुभएको थियो । उहाँले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ ।

विज्ञापन

उहाँ पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य हुनुहुन्यो । राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामले घटनाप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार