होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ । ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ […]
काठमाणंडाै ८ असार । सरकारले गत हप्ता व्यवसायीलाई समेत आश्चर्यमा पार्दै एकाएक सार्वजनिक सवारीसाधनको भाडादर बढायो । तर, ५ घन्टाभित्रै झन् आश्चर्यजनकरुपमा सो निर्णय फिर्ता लियो । पेट्रोल-डिजेलबाट चल्ने गाडीभाडालाई यसरी नचाहिँदोरुपमा गिजोलेको सरकार विद्युतीय बसको भाडामा भने अनिर्णयको बन्दी बनेको छ । भाडा तय गर्ने फाइल यातायात मन्त्रीले नै अड्काइदिँदा नयाँ विद्युतीय बस ल्याएका […]
सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगीत भएको छ। सरकारले अगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै रातो किताब जलाएको प्रमुख प्रतिपक्षी दल कांग्रैस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि आजका लागि बोलाईएको बैठक पनि स्थगीत गरिएको हो। प्रदेशसभा सचिवालयले सूचना टास गर्दै सभामुखको आदेश अनुसार अर्को बैठक आउँदो असार ११ गते […]
संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था स्मरण गराउँदै संघीय […]
चितवन । चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन्। तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन्। झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए। ‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर […]
काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। ‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ। तीन जनालाई स्पष्टीकरण […]
काठमाडौैं । सरकारले ल्याएका विधेयक एकपछि अर्को गरी विवादित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने आफ्नो अनुहार मन नपरेका कारण विधेयकको विरोध हुने गरेको भन्ने लाग्छ। यथार्थ योभन्दा फरक छ। सरकारले विधेयक आउनुअघि सार्वजनिक छलफलमा ल्याउने गरेको छैन। पहिलेपहिले यस्तो विधेयक सरोकारवालाबीच पर्याप्त छलफल गरी तिनका सुझावलाई समेत ध्यानमा राखेर ल्याउने गरिन्थ्यो। ओली सरकार […]
भैरहवा । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि […]
वीरेन्द्रनगर ३ असार। कर्णाली प्रदेश सरकारले आईतबार संसदमा प्रस्तुत गरेको बजेटप्रति मिश्रित धारणा व्यक्त भइरहेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेट समग्रमा विगतको भन्दा सुधारिएर ल्याएको प्रतिक्रिया पनि स्थानीय सरकार तथा प्रदेश सांसदबाट आएका छन् । चालु आवमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ४० करोड मात्रै उपलब्ध गराईएकोमा आगामी आवको बजेटमा […]
गुल्मी ३ असार। यहाँका जनप्रतिनिधि अहिले आगामी वर्षका लागि योजना बनाउन छलफलमा व्यस्त छन् । धुर्कोट गाउँपालिकामा ठूलो उद्योग छैन । पढे–लेखेका धेरै युवालाई स्वरोजगार बनाउने एउटै उपाय हो, कृषि, पशुपालन र उत्पादन । आर्थिक वर्ष २०७६/०७७ मा तरकारी, कफी, सुन्तला, मासु र अण्डा उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीमा रहेको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । […]
वीरेन्द्रनगर २ असार । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड […]
धनगढी १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड […]
काठमाडौँ १ असार । विवादित गुठी विधेयक सच्याउन राष्ट्रिय सभामा सांसदहरूले ६ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। तीमध्ये चारवटा व्यक्तिगत छन् भने दुईवटा सामूहिक छन्। नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका रमेशप्रसाद यादवले विवादित दफाहरू हटाउन संशोधन दर्ता गराएका हुन्। विधेयकमा रहेको ‘आफ्नै लगानीमा पूर्वाधार संरचना निर्माण गरी बहालमा दिने तथा सार्वजनिक-निजी साझेदारी […]
सुर्खेत १ असार। कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको […]
काठमाण्डाै १ असार । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, […]
सरकारले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सबै खाले सवारी साधनमा लागू हुने गरी अधिकतम १२ प्रतिशत भाडा बढाइएको बताए। विभागमा आज भएको बैठकमा सो निर्णय भएको उनले जनाए।असार १ गतेदेखि लागू हुने गरी भाडादार बढाइएको हो। ३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक […]
बझाङ ३० जेठ। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएँको छ । खप्तडमा शनिवारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भए संगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेपछि यस क्षेत्रमा थप रौनक छाएँको हो । प्रत्येक बर्ष जेठ शुक्ल दशमीको दिनमा लाग्ने गंगा दशहरा मेला लाग्ने गर्दछ । खप्तडमा रहेको त्रिबेणीमा […]
पाल्पा, जेठ २९ पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य ७ जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० […]
काठमाडौँ, जेठ २– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु […]
भद्रपुर,वैशाख ३१– नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया […]