होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी
देश/प्रदेश

नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी

  • नागरिक रैबार
नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले प्राविधिक समूहअन्तर्गत एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि ३८ जना कर्मचारी माग गरेको छ । यस्तै, प्राविधिक समूहअन्तर्गत एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि ३० जना कर्मचारी माग गरेको छ ।

एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि विज्ञान वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको र मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिनाको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम प्राप्त गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि भने एसएलसी वा सो सरहको सैक्षिक योग्यता हासिल गरेको र अग्नि नियन्त्रणसम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

विज्ञापन

सातौं तहका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र चौथो तहका लागि १८ वर्ष पूरा भइ ३५ वर्ष (महिलाको हकमा ४० वर्ष ननाघेको) नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार