होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति […]
काठमाडौँ: होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ। महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका हुन। कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल […]
धनगढी : कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा […]
१० असार, काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरूले नोवेल कोरोना भाइरस (कोभिड-१९) को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहअध्यक्ष डिके ढुंगाना सरकार सहयोगी नहुँदा शिक्षक-कर्मचारीलाई तलब खुवाउनै कठिन भएको बताउँछन् । ‘सरकारले चैतको शुल्क नलिनू भन्यो, हामीले मान्यौं’ उनी भन्छन्, ‘तर हाम्रा […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठकका ५ वटा एजेण्डा तय गरेको छ । बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बैठकका ५ वटा एजेण्डा तय भएका हुन् । एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राख्नेछन् । त्यस्तै दोस्रो […]
स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ। मँगलबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो। बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे। जितपछि बार्सिलोनाले तीन अंक जोड्यो। बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ। ३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने […]
धनगढी : प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले वुधवार भएको प्रदेश सभा बैठकमा अवरोध गरेका थिए। उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका […]
रामबहादुर विक/ बाजुरा ९ असार । नेपाली कांग्रेस गौमुल गाउकार्य समितले गाँउपालिकालाइ आज ज्ञापन पत्र बुझाएको छ । अहिलेको विश्वव्यापी माहामारिको रुपमा फैलिरहेको कोरना भाइरसले आक्रान्त बनाइरहेका वेला गौमुल गाँउपालिकाले वितरण गरेको राहतमा एकरुपता नभएकोमा नेपाली कांग्रेस गाँउकार्य समितीले आपती जनाएको छ । नेपाल सकारको निती अनुशार राहत वितरण गरिव , एकल महिला , ज्यालामजदुरी […]
रामबहादुर विक/ बाजुरा ९ असार । बाजुरामा हालसम्म ६ हजार ८ सय २१ जनाको आरडिटी विधिाट कोरोना परिक्षण गरिएको छ । जिल्लामा ९ ओटै स्थानीय तहका जम्मा ६ हजार ८ सय २१ जनाको आरडिटी परिक्षण गरिएको हो । आरडिटी परिक्षणमा हाल सम्म १ हजार १ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले […]
९ असार, काठमाडौं । पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ । अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्याली भएको हो । संयुक्त […]
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए […]
बाजुरामा मंगलवार २१ जनाकाे पुष्टि सँगै ९३ जना काेराेना संक्रमित भएका पुगेका छन् । २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने एकजना कालिकाेट अस्पतालमा उपचार गराइरहेका काेराेना जितेर घर गइसकेका छन् । एकजना भने धनगढीमा उपचार गराइरहेका छन्, अरु सबै बाजुराका स्थानिय क्वारेनटाइनमा रहेका छन् । बाजुरामा मंगलवार राष्ट्रिय प्रयाेगशाला आएकाे रिपाेटमा २० जना त्रिवेणि […]
धनगढी : सुदूरपश्चिममा थप एक सय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, […]
९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
धनगढी : सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। […]
बाजुरा ९ असार– बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई ओटा बाघको छाला सहित तीन जनालाई पक्राउ परेका छन् । त्रिबेणी नगरपालिका वडा नम्बर ५, ६ र ७ का तीन जना बन्यजन्तु तस्कर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको […]
कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन्। कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो। आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ। आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ। यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज […]
सुदूरपश्चिमका विभिन्न ठाउँमा भारी वर्षा जारी छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि बिहानैदेखि बर्षा भईरहेको छ। यस्तै मनसुन सक्रिय भएकाले छिनछिनमै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा […]
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध […]