होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा स्थायी समिति बैठकका ५ एजेण्डा तय, एमसीसी चौँथो नम्बरमा
समाचार

नेकपा स्थायी समिति बैठकका ५ एजेण्डा तय, एमसीसी चौँथो नम्बरमा

  • नागरिक रैबार
नेकपा स्थायी समिति बैठकका ५ एजेण्डा तय, एमसीसी चौँथो नम्बरमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठकका ५ वटा एजेण्डा तय गरेको छ । बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बैठकका ५ वटा एजेण्डा तय भएका हुन् ।

एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राख्नेछन् । त्यस्तै दोस्रो एजेण्डा सरकारका कामकारवाहीबारे छलफल हुने भएको छ । सरकारका काम कारवाहीबारे छलफल विषय समेत तोकिएको छ । सरकारका कामका सम्बन्धमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या समाधान र अन्य गरी तीन उपशीर्षक रहेका छन् ।

नेकपा नेतृत्वको सरकार पार्टीको सुझाव विपरित एकलौटी ढंगले चलेको भन्दै नेताहरुले चर्को आलोचना गर्दै आएका छन् । त्यस्तै पार्टी एकताका बाँकी कामहरुबारे पनि छलफलको एजेण्डा बनाइएको छ ।

विज्ञापन

गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले १५ दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेपनि एकता प्रकृया टुङ्गिएको छैन ।

बैठकको एजेण्डामा एमसीसीलाई चार नम्बर बुँदामा राखिएको छ भने ५ नम्बरमा विविध छ ।

खासगरी नेकपामा एमसीसीबारे चर्को विवाद छ । एमसीसीको मुल सम्झौता संशोधन नगरी स्वीकार गर्न नहुने पार्टी कार्यदलले सुझाव प्रतिवेदन बुझाइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार