होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन÷चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उनले आम सर्वसाधारणमा […]
काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड […]
धनगढी : धनगढी उप–महानगरपालिकाले बुधवार आगामी आर्थिक बर्षका लागि डेढ अर्ब बढीको बजेट ल्याएको छ। उप–महानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको बजेट पाँचौ नगर सभामा पेश गरिन्। प्रस्तुत बजेट अनुसार चालु तर्फ ८५ करोड र पूँजीगत तर्फ ७८ करोड ८२ लाख रहेको छ। […]
लकडाउनको समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए । पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र […]
दैलेख । खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । वडा नजिकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो । लगातार वर्षात्सँगै खहरे ठूलो […]
गगन अयडी धनगढी ,११ असार तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष पुष्पराज शर्माको पहलमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार गरीए । जिल्लामा हेलीप्याड नहुँदा समस्या देखिएपछी मकै बारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरीएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत जिल्लाको तुर्माखाँद गाउँपालीका भैरबस्थान ३ कि १८ बर्षिया […]
नागरिक रैबार/बाजुरा ११ असार । जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको पहलमा गौमुल गाउँपालिका–१ अन्द्राडी बस्तिका लागि आर्थिक सहयोग प्राप्त भएको रकमबाट आज राहत वितरण गरिएको छ । विगत लामो समयदेखि न्युयोर्के अमेरिकामा बस्दै आएका अध्यक्ष रोकायाका मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका थिए । काठमाण्डौं घर भई हाल न्युयोर्के अमेरिकामा रहेका शेर्पाले […]
राजेन्द्र बहादुर रोकाया /बाजुरा ११ असार। जिल्लाको हिमालि गाउँपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउँपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ । गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]
नहकुल जोशी बाजुरा,१० असार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले “छ ज को आधार, समृद्धिको उपहार” भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै गाउपालिकामा जल, जंगल, जमिन, जडिबुटी, जनावर र जनशक्तिको उपयोग गर्ने नीति अघि सारेको छ । गाउँपालिकाको सातौं गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चिरन्जीवि शाहीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको हो । गाउँसभामा गाउपालिकाका अध्यक्ष […]
जीवन कैला बाजुरा,१० असार बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द […]
अनिल शाही/बाजुरा,१० असार। बाजुराको जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातांै गाउँ सभा बाट आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरीएको हो । गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । निती तथा कार्यक्रम सार्वजनिक गर्दै […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २८ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सीता थापाले उक्त बजेट प्रस्तुत गर्नु भएको हाे । संघिय सरकारबाट समानीकरण ७ करोड ३९ लाख, शसर्त अनुदान १३ करोड ८८ लाख, राजस्व बाँडफाँड ५ […]
गगन अयडी/ धनगढी, १० असार। धनगढी उपमहानगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ ८५ करोड र पुँजिगत तर्फ ७८ करोड ८२ लाख गरी एक अर्ब बढीको बजेट सार्वजनिक गरेको हो । उपमहानगरको पाँचौ नगरसभामा उप–प्रमुख शुसीला मिश्र भट्टले आगामी बर्षको […]
गगन अयडी /धनगढी १० असार । बाजुराको त्रिवेणी नगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि ३८ करोड ६९ लाख ५१ हजार ९ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौँ नगरसभामा उपमेयर राधिकादेवी सुनारले प्रस्तुत गरेको नीति, कार्यक्रममा तथा बजेटमा उल्लेख गरिएको छ । संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान १० करोड ८० […]
प्रदिप मलासी बझाङ असार १० जयपृथ्वी नगरपालीकाको छैटौ नगरसभा बुधबार उद्घाटन भएको छ । नगरप्रमुख विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बजेट वक्तव्य भने जयपृथ्वी नगरपालीकाकि उप प्रमुख जुना जाग्रिले प्रस्तुत गर्नु भएको थियो । जयपृथ्वी नगरपालीकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ५२ करोड ९३ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको […]
नागरिक रैबार/बाजुरा १० असार। जिल्लाको त्रिवेणी नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको जाँचमा त्रिवेणीका ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । बुधबार त्रिबेणि नगरपालिकामा भेटिएका ५ जना सवै पुरुष रहेका छन् । त्रिवेणीमा भेटिएका पाँच जनासँगै […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १० असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुर्घंटनामा परी ९ जना घाइते भएका छन । कोल्टीबाट मर्मतका लागि फालासैन गएको र मर्मत गरिसकेपछि स्थानिय मात्रै गाडीमा चडेको समयमा रोडमा चिप्लिएर जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय […]
१० असार, कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबारको बैठकमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरे । ‘कोरोनाको नाममा ५७ करोड रुपैयाँ खर्च भएको हामीले बुझ्यौँ । […]
१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधि सभामा बुझाइको छ । २०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयक झण्डै २ वर्षदेखि समितिमा विचाराधिन अवस्थामा थियो । संसदीय समितिबाट पास भएको सो विधेयकमा गैरआवासीय नेपालीलाई पनि नागरिता दिने प्रावधान समेटिएको […]