होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ । खबरहवबाट
काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र […]
काठमाडौँ– नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ। आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रमअन्तर्गत […]
जुम्ला । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन ।भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ […]
नागरिक रैबार। चट्याङ लागेर बाजुरामा गएराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ कोर्दका तुले रावलकी ११ वर्षिया छोरी प्रतिक्षा रावल रहेकी छन् । शनिबार राति स्थानीय लेकथला खर्कमा राति परेको चट्याङबाट ११ वर्षीया बालिका सगै चट्याङबाट दुई भैंसी र एक गोरुसमेत मरेका छन्।
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङ जाने भएका थिए । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५ असोजदेखि हुने चीन भ्रमणमा बिजुलीका एजेण्डाहरुले प्राथमिकता पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार चीनसँग विद्युत व्यापार थालनी गर्ने प्रारम्भिक समझदारी गर्ने र विद्युत व्यापारको पूर्वाधार निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनेछ । भारतले चिनियाँ लगानीका र चिनियाँ ठेकेदारले काम गरेका आयोजनाको बिजुली […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र […]
काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ ।’ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्यप्रदेश र […]
धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार आइतवार बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आइतवार ६ घण्टा यातायात बन्द गरिने भएको हो। भासिएको सडकमा तार जाली […]
भक्तपुर– कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए […]
काठमाडौँ । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा र इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ । प्रहरी […]
काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो भएको उनको भनाइ छ […]
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई […]
नागरिक रैबार/बाजुरा २६ साउन।भोलि २७ देखि २९ गतेसम्म मनसुन सक्रिय रहने भएकोले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाबासीलाई आग्रह गरेको छ । प्रशासनले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २७ गते शनिबार देखि २९ गते सोमबार सम्म देशभका पहाडी भु-भागमा अत्याधिक वर्षासंगै पहिरो जान सक्ने र खोलानालाहरु बढेर बाढी आउन सक्ने जोखिम् भएकोले […]
नागरिक रैबार/बाजुरा २५ साउन। अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य स्वर्गिय चेतनदीप ऐडीको हत्याको घटनालाई लिएर प्रतिनिधि सभा सदस्य एवं काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिएको गैर जिम्मेवार अभिव्यक्ति प्रति अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ । सांसद पाण्डेले नेपाल प्रेस युनियन बाजुराले हिजो (बुधबार) विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको गैर […]
नागरिक रैबार/बाजुरा २४ साउन। बाजुरामा दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुरामा गएर प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा भएको कालोबजारी नियन्त्रणमा प्रशासनले ध्यान दिनु पर्ने माग राखेको हो । […]
नागरिक रैबार/बाजुरा २४ साउन । सुदूरपश्चिम प्रदेश बाजुरा (ख) सांसद पदम बहादुर शाहीले बाजुराका तिन खोलामा बेलिवृज पुलको जडानका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले बुधबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे प्रदेश सांसद शाहीले बाजुरा ३ वटै नदिमा बेलिब्रिज जडानको प्रक्रिया अगाडि बढाउने बताएका हुन्। […]
नागरिक रैबार/बाजुरा २४ साउन।नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाजुराका प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले त्रिवेणीका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोष मान्छेहरुलाई फसाउने काम भईरहेको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले बुधबार विहान सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद पाण्डेले निर्वाचनका बेला ज्यान गमाएका चेतन अयडीको मृत्युलाई हतियार बनाएर निर्दोषहरुलाई फसाउने काम […]
मकवानपुर । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोले घर बगाउँदा हराएका ७ मध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य ६ जना बाने अझै बेपत्ता रहेका छन् । गयरातिदेखि […]