होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दीपक मनाङे चौथो पटक मन्त्री बन्दै, आजै शपथको तयारी
देश/प्रदेश

दीपक मनाङे चौथो पटक मन्त्री बन्दै, आजै शपथको तयारी

  • नागरिक रैबार
दीपक मनाङे चौथो पटक मन्त्री बन्दै, आजै शपथको तयारी

पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएकाे छ ।

मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।

अहिले गण्डकीको राजनीतिमा ट्विष्ट भएको छ । नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने भएपछि छुट्टाछुट्टै तयारी भइरहेको छ । कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छाडेको छैन ।

विज्ञापन

स्रोतका अनुसार नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मुख्यमन्त्री पाण्डेले फकाइरहेका छन् । राप्रपाले मध्यावधिमा जानबाट रोक्ने बताइरहेको छ ।

रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार