होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ । १५ दिनकै अवधिमा दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री […]
काठमाडौं– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा बुधबार हेलिकप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार रसुवाको स्याफ्रुवेशीतर्फ जाँदै गरेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोल (एटीसी) बाट […]
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताए ।
काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो । हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए । ‘दुर्घटनाग्रस्त क्षेत्रमा कुहिरो लागेको छ । जहाज सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त छ’, उनले […]
काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा २ लाख ८ हजार ९०३ जना सहभागी हुँदैछन् । यही साउन ३१ गतेसम्म चल्ने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन्। सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड […]
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् । प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत […]
मकवानपुर । धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी […]
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । Tata Folliderm शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिमको चौथौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा […]
काठमाडौँ । बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विपद्मा ४९ जना बेपत्ता तथा एक सय […]
काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई […]
काठमाडाैँ । काठमाडौँको सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार सिनामंगलको झर्ना गेस्ट हाउसमा बाजुरा घर भएर काठमाडौँ बस्दै आएका एक युवक र एक युवती मृत फेला परेका हुन् । अधिकारीका अनुसार मृत फेला पर्नेमा २३ वर्षीय भरत बहादुर सार्की र २० वर्षीया करिश्मा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज ४ बजेका लागि आह्वान गरिएको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले विश्वासको मत पाउने सम्भावना भने छैन । मुख्यमन्त्री निकट स्रोतका अनुसार उनी विश्वासको मत लिन […]
काठमाडौँ । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो । जिम्मेवारी अनुसार पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली चितवन जिल्ला इन्चार्ज बनेका छन् । काठमाडौँको जिम्मेवारी आनन्दप्रसाद पोखरेलले पाएका छन् । पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोक, भक्तपुर […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ । महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, […]
काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए । यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन […]
काठमाडौँ– पोखराको बिरौटामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ । पोखरा महानगरपालिका– १७ बिरौटामा रहेको एलपी मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारीअनुसार मट्टिखानबाट विद्यार्थी लिएर स्कूलतर्फ जाँदै गरेको बसमा २२ विद्यार्थी, चालक र एक सहयोगी रहेको बताइएको छ । बस करिब ६० मिटर तल सडकमा खसेको […]
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । Tata Folliderm प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको अवस्था सुधार्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन् । आइतबार संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले कारागार र बाल सुधार गृहमा भौतिक संरचनाको अभाव देखिएको बताए । ‘हामीसित आठवटा जिललामा नौवटा बालसुधार गृह छन्’ उनले भने, ‘यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग […]