होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने निर्दाेष छन्: एमाले अध्यक्ष ओली
देश/प्रदेश

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने निर्दाेष छन्: एमाले अध्यक्ष ओली

  • नागरिक रैबार
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने निर्दाेष छन्: एमाले अध्यक्ष ओली

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने निर्दाेश रहेको बताएका छन् ।

मंगलबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेसले रविकाे पार्टी आफूसँग नमिलेकाेमा आक्राेश पाेखिरहेकाे बताएका हुन् ।

साथै, ओलीले रवि निर्दोष भएका कारण गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने सम्मको अवस्था नभएको बताएका छन् । ‘उनी (रवि) सहकारी डुबाउने कुरामा लागेका छन्? पैसा उठाउने सञ्चालन हुन्? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ?’ ओलीले भने,’ ‘नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा रविलाई बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’

विज्ञापन

ओलीले अहिले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छटपटी गरिरहे समेत बताएका छन् । उनले कांग्रेसले सरकारबाट हट्नु परेको पीडाले छटपटिँदै-रुँदै के भन्छ त्यसलाई धेरै महत्त्व दिनु नहुने बताए ।
ओलीले भने,’उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ता कै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ । संसद् खालि हुन्छ सबै खालि हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि । ‘

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने बताए ।
ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडी नसरेको टिप्पणी गर्दै प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने आशय व्यक्त गरेका हुन् । देशसंचार डटकमबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार