होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
देश/प्रदेश

सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

  • नागरिक रैबार
सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । सुन तस्करीमा संलग्न आरोपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।

विज्ञापन

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि