होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बाग्मती प्रदेशमा ८ सय ५९ […]
५ साउन, काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना […]
५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको […]
काठमाण्डौ – गएको जेठ ३० गते नेपालमा मनसुन भित्रियो । त्यसपछि लगातारजसो पानी परिरहेको छ । मनसुन सक्रिय भएदेखि साउन ३ गतेसम्म एक सय चार जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन् । त्यस्तै ८४ जना घाइते भएका र ४३ जना सम्पर्कविहीन रहेका सरकारको पछिल्लो तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार […]
काठमाण्डाै – घटना १. रामेछापको मन्थली नगरपालिका ३ का ३४ वर्षीय सुनबहादुर कार्कीले दुई वर्ष पहिले सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी टिप्पर किने । लकडाउनमा टिप्पर रामेछापमै थियो । मर्मत गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर सुनबहादुरले असार ५ गते टिप्पर काठमाण्डौ ल्याए र कम्पनीको ग्यारेजमा राखे । असार ७ गते गाडी […]
धनगढी : सुदूरपश्चिममा भारत लगायतका देशबाट फर्किएका झण्डै सात हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ६ हजार नौ सय ४९ जनालाई क्वारेन्टाईनमा राखिएको हो। प्रदेशभरी ६० हजार एक सय तीन जना अटाउने एक हजार चार सय ९७ वटा क्वारेन्टिन बनाईएकोमा पाँच हजार एक सय ५८ जना पुरुष र एक हजार सात सय ९१ जना […]
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ। विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए। उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश […]
५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे । पूर्वमाओवादी भनेर बैठक गर्नु […]
बाजुरा — आईतवार राति आएको बाढि पहिरोले बुढिगंगा नगरपालिका ठुलो क्षती पुयाएको छ । बाढि प्रहिरो प्रभाबित क्षेत्रमा बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह सहितको टोलि पुगेको छ । अबस्थाको अनुगमन र बिस्थापित बस्ति ब्यबस्थापनाका लागि नगरपालिकाको टिम प्रभाबित क्षेत्र पुगेको हो । प्रभाबित क्षेत्र नगरप्रमुख शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष र कर्मचारी […]
५ साउन, कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ‘घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने, […]
बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए। प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे […]
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका […]
नागरिक रैबार/बाजुरा ५ साउन। बाजुरामा फलफुल रोपण वर्ष २०७७/७८ को सुभारम्भ गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा लिने गरी उक्त कार्य सुभारम्भ गरेको हो । आईतबार कृषि ज्ञान केन्द्र बाजुराले एक औपचारिक कार्यक्रमको आयोजना गरेर २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा सूभारम्भ गरेको हो । म रोप्छु, हामी […]
चक्र अयडी/बाजुरा ५ साउन। गए रातिको वर्षापछि आएको बाढीले ताँप्री सेरा नजिकै साँफे मार्तडीसडक खण्डमा पर्ने घट्याखोलाको पक्की पुल बगाएको छ । खोलामा आएको बाढीले ताँप्री सेराको घट्याखोलामा रहेको पक्की पुल बगाएको हो । पुल बगाएपछि ताँप्री सेरादेखि बल्देसम्म आउने सवारी साधानहरुको आवागमन ठप्प भएको छ । त्यस्तै बाढीले ताँप्री सेरा नजिकै रहेको एकसय रोपनी […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो पुनः लम्बिने भएको छ । सहमतिका नाममा असार १८ गतेबाट स्थगित हुँदै आएको स्थायी समितिको बैठक आइतबार पनि स्थगित भएर साउन ६ गते मङ्गलबारसम्मको भाखामा सारिएको छ । यो बीचमा किचलो मिलाउन पटक–पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका एक्लाएक्लै र निकटस्थ नेताहरु समेतको […]
काठमाण्डाै – आज र भोलि बाढी पहिरोको जोखिम धेरै भएकाले तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका […]
४ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासी विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) ले गत बैशाखदेखि सुरु अनलाइन कक्षा १ साउनदेखि बन्द गर्यो । उनीहरूले आफ्ना माग पूरा नभएको भन्दै शिक्षक तथा कर्मचारीलाई साउनदेखि बेतलवी विदामा राख्ने निर्णय गरे । रोचक के छ भने प्याब्सन र […]
काभ्रे- काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उनको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । हेलिकप्टर उडानका लागि […]
बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहले प्रहरीमाथि आक्रमण गरेको छ । आक्रमणमा २ प्रहरी घाइते भएका छन् । आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईका अनुसार बाजुराका […]
पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु ग्राहकहरुले गर्ने गर्दछन्। तर कट्टु सानो सिलाइदिएको भन्दै सूचिकारविरुद्ध प्रहरीमा उजुरी दिएको चाहिँ अहिलेसम्म सुनिएको थिएन। भारतमा हालै एकजना व्यक्तिले आफ्नो कट्टु सानो सिलाइदिएको भन्दै एक जनाले कट्टु सिलाउने व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। भारतको भोपालस्थित हबिबगञ्जका कृष्ण कुमार दुबेले एकजना छिमेकी सूचिकारलाई […]