होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित
राजनीति

नेकपा स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

  • नागरिक रैबार
नेकपा स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् ।
स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको दावी गरे ।

नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै आएको छ । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार