होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका १२ प्रहरीमा कोरोना
देश/प्रदेश

सुदूरपश्चिमका १२ प्रहरीमा कोरोना

  • नागरिक रैबार
सुदूरपश्चिमका १२ प्रहरीमा कोरोना

सुदूरपश्चिमका विभिन्न जिल्लाका १२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ गरी १२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये ९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बाजुरामा संक्रमण पुष्टि भएका ६ जना प्रहरी मध्ये तीन जनाको भने आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए।

देशभरी भने एक सय ५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, बाराका ७, धनुषाका १०, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बाग्लुङका १, बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका दुईजनामा संक्रमण पुष्टि भएको छ।

विज्ञापन

यस्तै जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २ जना प्रहरीमा संक्रमण देखिएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार