होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकैछिन बसेर नेकपा बैठक स्थगित, बाढी पहिरो पीडितको राहत र उद्धारमा खटिने निर्णय
समाचार

एकैछिन बसेर नेकपा बैठक स्थगित, बाढी पहिरो पीडितको राहत र उद्धारमा खटिने निर्णय

  • नागरिक रैबार
एकैछिन बसेर नेकपा बैठक स्थगित, बाढी पहिरो पीडितको राहत र उद्धारमा खटिने निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए । उनका अनुसार अर्को बैठक साउन १३ गते बस्नेछ ।
बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।

प्रधानमन्त्री निवासमै बैठक बसेको भएपनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । उनी सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।

विज्ञापन

यद्यपि स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक बसेको दावी गरे । सो बैठकमा अन्य एजेण्डालाई थाती राखेर कार्यकारी अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा पार्टी पंक्ति लाग्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावलाई पार्टीले एकमतले पारित गरेको हो ।

नेकपाभित्रको आन्तरिक राजनीतिक विषयमा भने विवाद कायमै छ । विवादकै कारण पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै गएको हो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार