होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खोलाले धार फेरेपछि विद्यालय जोखिममा
देश/प्रदेश

खोलाले धार फेरेपछि विद्यालय जोखिममा

  • नागरिक रैबार
खोलाले धार फेरेपछि विद्यालय जोखिममा

नहकुल जोशी/साउन ५ बाजुरा। मनसुन सक्रिय भए संगै लगातार बर्षाका कारण बुढीनन्दा नगरपालिका वडा नं एकको वाधु माद्यामिक विद्यालयको भवन जोखिममा परेको छ । बड्डीगाड खोलाले विद्यालय भवन नजिकैबाट कटान शुरु गरे पछि विद्यालयको भवन उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक नैन बहादुर कार्कीले बताउनुभएको छ ।

खोलाको पानीले केहि बर्ष अघि धार परिवर्तन गरेको थियो, अहिले बर्षाले पानीको बहाव बढेर कटान शुरु गरे पछि विद्यालयको भवन उच्च जोखिममा परेको विद्यालय स्रोतले जनाएको हो । १५ बर्ष अघि विद्यालयको पुरानो भवन पनि खोलाको कटानको जोखिममा परे पछि विद्यालय नै सार्नु परेको सम्झदै प्रधानाध्यापक कार्की अहिले पनि विद्यालय निकै खत्तरामा परेको बताउनुभएको छ ।

प्रधानाध्यापक कार्कीले खोलाले लगातार कटान गरेर विद्यालयको पखार्ल भत्कीन थालेको र ११ कोठे भवन उच्च जोखिममा रहेको बताउनुभयो । हाल कोरोनाका कारण विद्यालय सञ्चालनमा नरहेको हुदा समस्या जस्तो नदेखिए पनि विद्यालय सञ्चालन भएमा विद्यार्थीलाई खेल्ने, हिड्ने समेत ठाउँ नहुने प्रधानाध्यापक कार्कीको भनाई छ ।

विज्ञापन

प्रधानाध्यापक कार्कीले तत्काल समस्या समाधान गर्नका लागि बुढीनन्दा नगरपालिकामा डोजर लगाएर कटान भै रहेको क्षेत्रमा अस्थाई रोकथाम गर्न आवश्यक पहल काम गरिदिन पहल भैरहेको बताउनुभयो । बड्डीगार्ड खोलालाई पुरानै धारमा फर्काउन सकिएमा र कटान भैरहेको विद्यालयको भागमा ग्याविन वाल वा अन्य कुनै रोकथामका उपाय गर्न सकिने भए पनि तत्काल विद्यालय बचाउनका लागि खोलाको धार परिर्वतन गर्नु बाहेकको विकल्प नरहेको प्रधानाध्यापक कार्कीको भनाई छ । बर्षायामका कारण जिल्लाका अधिकांस विद्यालयहरु जोखिम अवस्थामा रहेका छन ।

जिल्लाका अधिकांस विद्यालयहरु जोखिम अवस्थामा रहेका छन । प्राकृतिक प्रकोप बाढी, पहिरो, वा अन्य कुनै मानवीय विपत्तीका समयमा आश्रय स्थलका रुपमा प्रयोग गरिने विद्यालयहरु आफै आश्रय खोजी रहेका बेला स्थानिय सरकारले भने विद्यालयको अवस्था सुधारका लागि कुनै पनि योजना र कार्यक्रम बनाएको भने पाइदैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार