होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेसम्म स्थगित
देश/प्रदेश

नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेसम्म स्थगित

  • नागरिक रैबार
नेकपा स्थायी कमिटी बैठक साउन १३ गतेसम्म स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको छ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाले बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्न सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ। नेकपाले सरकारलाईसमेत राहत र उद्धारमा जुट्न आग्रह गरेको छ।अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। मंगलबारको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने उपस्थित थिएनन्। बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।

नेकपा स्थायी कमिटी बैठक १७ दिनमा पटक-पटक गरेर ९ पटक स्थगित भएको छ । दुई दिन भने बैठक दुई-दुई पटक स्थगित भएको छ । पटकपटक स्थगित हुँदै आजका लागि तोकिएको बैठक बाढी र पहिरो पीडितको राहत र उद्धारका लागि जुट्ने प्रस्ताव पारित गर्दै साउन १३ सम्म स्थगित भएको हो ।

विज्ञापन

मंगलबार ११ बजेका लागि तय भएको नेकपा स्थायी समित बैठक २ घण्टा सारिएको थियो। १ बजेका लागि बोलाइएको बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।मंगलबार बिहानैदेखि विभिन्न समूहमा नेताहरु भेटघाटमा व्यस्त थिए ।
पार्टी भित्रको विवाद मिलाउन महासचिव विष्णु पौडेल, नेता जनार्दन शर्मा र शंकर पोखरेल लागि परेका छन् ।

सोमबार पनि यी तीन नेता बसेर पार्टीको विवाद समाधानका उपायबारे छलफल गरेका थिए। प्रचण्डले सोमबार पूर्वमाओावदीका नेताहरुलाई छलफलका लागि निवासमा बोलाउँदा नेता शर्माले अस्वस्थ भएर आउन नसकेको जानकारी दिएका थिए। प्रचण्डले निम्तो गर्दा नेता शर्मा विष्णु पौडेल र शंकर पोखरलसँग छलफलमा व्यस्त रहेको स्रोतले जानकारी दिएको थियो।

पौडेल, शर्मा र पोखरेल मंगलबार बिहानै ६ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए। ३ नेताले २ घण्टासम्म कुराकानी गरेर बाहिरिएका थिए ।मंगलबार बिहान त्यसपपछि प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका थिए। उनीहरुपछि प्रचण्ड निवास पुगेका वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथबीच छलफल भएको थियो। प्रचण्ड निवासमा छलफल चलिरहँदा बालुटारमा प्रधानमन्त्री ओली, ईश्वर पोखरेल र विष्णु पौडेलबीच पनि भेटवार्ता भएको थियो।

मंगलबारको बैठकले पारित गरेको प्रस्ताव जस्तकाे तस्तै
गत २०७७ साल जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको बर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएका छन् ।

बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ, ९८ जना बेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारब्हिीन र ब्स्थिापित भएका छन् । तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

स्थायी कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रब्न्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछ । क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न आग्रह गर्दछ ।

सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान गर्दछ ।अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार