होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि
समाज

थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि

  • नागरिक रैबार
थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

कहाँकहाँ थपिए संक्रमित ?

विज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् । यस्तै डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जना, काठमाडौं, धनुषा, तनहुँ, र दैलेखका २/२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीका एकएक जना संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार