होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३१ भदौ, सिमकोट । हुम्लाकाे मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए । गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा […]
३१ भदौ, काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई […]
काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो । कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ […]
बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो […]
३१ भदौ, सप्तरी । जबरजस्ती करणी सम्बन्धी कसूरकी पीडितले सप्तरीमा आत्महत्या गरेकी छन् । गाउँमै बसेर पञ्चहरुले घटना मिलाउन दबाब दिएर प्रहरी भेट्न नदिएपछि डाकनेशवरी नगरपालिका–७ की १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार प्रहरीले किशोरीको मृत्यु भएपछि मात्र घटनाबारे जानकारी पाएको थियो । लगत्तै घटनाबारे अनुसन्धान […]
काठमाडौं । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ । यस्तै भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको […]
३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले अनलाइनबरलाई बतायो । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक […]
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्न बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले गत चैत अगाडि लिखितको नतिजा निस्किएका जवानहरुको […]
काठमाडौँ — सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धि विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । बैठकले एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव […]
३० भदौ, काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
३० भदौ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) लाई हल्का ढंगले नलिन सबैलाई अपील गरेको छ । असोज १ बाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको सरकारले कोभिडविरुद्धको लडाईमा म पनि अग्रपंक्तिको सिपाही हुँ भन्ने ठान्न प्रत्येक नागरिकलाई आग्रह गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न […]
३० भदौ, काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।
३० भदौ, काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम […]
३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित […]
३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ । पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार पुस्तकमा […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । […]
३० भदौ, काठमाडौं । कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन-जानु समान्य प्रक्रिया भएको बताए । कर्मचारीले प्राधिकरणमा रातको १०/१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले […]
३० भदौ, काठमाडौं । भारतले नेपाललाई २००० भाइल रेमडेसिभिर सहयोग प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मगलबार रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन् । कोभिड-९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई सहयोग गर्ने क्रममा यो औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ । […]
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्ततः आफूहरु पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न सफल भइएको बताएका छन् ।पार्टीभित्रको विवाद हाललाई मत्थर भएपछि अध्यक्षद्वयले जारी गरेको अन्तरपार्टी निर्देशन–५ (सर्कुलर) मा ओली र प्रचण्डले भनेका छन्, ‘१० असार २०७७ बाट सुरु भएको नेपाल कम्युनिष्ट […]
नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा […]