होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुलमानको पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन
समाचार

कुलमानको पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

  • नागरिक रैबार
कुलमानको पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ । मंगलबार प्राधिकरणले कुलमानको बिदाइ गरेसँगै उनका समर्थकहरुले पुनर्नियुक्तिको माग गर्दै राजधानीको बालाजु, माइतीघरलगायतका स्थानमा प्रदर्शन गरेका हुन् । उनीहरुले लोडसेडिङमुक्त गर्ने कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्ने आशयको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

बुधबार राजधानीको माइतीघरमा भेला भएका कुलमानका समर्थकहरुले सरकारलाई पुनर्नियुक्तिको दवाव दिँदै नाराबाजी गरे । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पानीको फोहराका साथै लाठीचार्ज गरेको छ ।

गत आइतबार कार्यकाल सकिएका कुलमान घिसिङलाई प्राधिकरणले मंगलबार बिदाइ गरेको हो । उनको पुनर्नियुक्ति नगरिए बिजुली माफियाले पुन लोडसेडिङ गराउन सक्ने आशंका आम सर्वसाधारणको छ । तर, सत्तारुढ दलभित्रनै स्वास्थ्य नमिल्दा नियुक्ति हुने नहुने अन्योल कायम छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार