होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • कुलमान घिसिङको पक्षमा बालाजु र जोरपाटीमा प्रदर्शन
विजनेश

कुलमान घिसिङको पक्षमा बालाजु र जोरपाटीमा प्रदर्शन

  • नागरिक रैबार
कुलमान घिसिङको पक्षमा बालाजु र जोरपाटीमा प्रदर्शन

३१ भदौ, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ ।

बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले-कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन

घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो । प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ ।

प्रधानमन्त्री नै कुलमानलाई दोहोर्‍याउन इच्छुक छैनन् । जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार