होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ भदौ, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ नगर्न निर्देशन दिएको हो । ‘अलपत्र अवस्थामा […]
२८ भदौ, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो […]
२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण […]
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको बताए।
गोरखा । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजिकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ । गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुग्नुभएका […]
२८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् । श्रेष्ठले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । साथै सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको नेकपा उनले बताएका छन् […]
२८ भदौ, काठमाडौं । बाँकेमा आफ्नै ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित पाँच जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार […]
२८ भदौ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका –४, बरैचेकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताएका छन् । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको नाकामा मालवस्तु रोकिएको भन्दै आइतबार ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीहरुसँगको भेटमा सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताएको व्यवसायीहरुले बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी […]
काठमाडौं । गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकावासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक ६ करोड रुपैयाँ बराबरको खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको हो । यस पटक खाद्यले तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । […]
काठमाडौं । बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ । विधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर […]
२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार रातिको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख […]
२८ भदौ, काठमाडौं । उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेकी छैनन् । अखबारमा उनको नाम छापिएको छैन । भिडियो अन्तरवार्ताका लागि तँछाड-मछाड गर्दै दौडिएकी पनि छैनन् । उनको नाम हो – गीता श्रेष्ठ । सामाजिक अभियन्ता रितु लिम्बुबाट पहिलोचोटि सुनिएकी थिइन्, गीता । अनलाइनखबरले उनीसँग सम्पर्क गर्ने प्रयास गर्यो । दिउँसो करिब साढे एकबजे गीताले […]
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ । तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा […]
प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप, शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी, मानव अधिकार आयोगको चासो मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका धनगढीका दलित युवकको जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको छ । प्रहरीको यातनाबाट युवकको मृत्यु भएको परिवारजनको आरोप छ भने शौचालयमा आत्महत्या गरेको प्रहरीको दाबी छ । धनगढी–५ का १९ वर्षीय रोशन विकलाई मोबाइल […]
काठमाडौं। शनिबार साँझको समयम हो सडकहरु सुनसान हुँदै थिए । कोरोना भाइरसका कारण मानिसहरुको भिडभाड कम नै छ । यही बेला सडकमा अनौठो दृश्य देखा पर्यो । जब सडकमा विमान गुडेको दृश्य देखे तब स्थानीय चकित परे । त्यो विमान आपतकालिन अवतरण गरेको पनि होइन । त्यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई […]
काठमाडौ २८ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित […]
राजधानी काठमाण्डाैबाट प्रकाशित हुने दैनिक पत्रिकामा के-के छापिए आजका पत्रपत्रिकाका (फ्रन्टपेज हेर्नुहोस)
काठमाडौं, २८ भदाै । देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई आज पाँच वटा प्रदेशमा हल्कादेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाे जानकारी दिएकाे छ […]