सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • श्राद्धको खाना खाँदा कैलालीमा १ को मृत्यु, १५ जना बिरामी
देश/प्रदेश

श्राद्धको खाना खाँदा कैलालीमा १ को मृत्यु, १५ जना बिरामी

  • नागरिक रैबार
श्राद्धको खाना खाँदा कैलालीमा १ को मृत्यु, १५ जना बिरामी

कैलाली । श्राद्धको खाना खाँदा कैलालीमा एक जनाको मृत्यु भएको छ भने १५ जना बिरामी परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका १० स्थित खमौरा टोलका १५ जना बिरामी परेका हुन् भने १ जनाको मृत्यु भएको हो ।

श्राद्धमा खाना खाएर बिरामी परेका १७ वर्षीय सुरेश बोहराको मंगलवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

यही भदौ २८ गते भिम बहादुर बिष्टको घरमा श्राद्धको खाना खाएपछि बिरामी परेका १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भइरहेको उनले बताए । ३ जनाको नवजिवन अस्पताल र २ जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने बाँकी सबैको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार