होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको आज जन्मदिन परेको छ । आजकै दिन बाजुराको बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौंमा जन्मिएका शाहलाई आज बिहानैदेखि उनका आफन्त र शुभचिन्तकहरुले प्रत्येक्ष भेटघाट तथा सामाजिक संजाल र फोनबाट उत्तररोत्तर प्रगति सहित जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरिरहेका छन् । ०२८ सालमा बाजुराको बुढीगंगा नगरपालिकाको […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ। प्रचण्डको निजी सचिवालयका अनुसार उक्त पुस्तकमा २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएका छन्। पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वा प्रचण्डले लिएका छन्। पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, नेपाली समाज […]
१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । खड्का दैलेख नारायण नगरपालिका-८ निवासी हुन् । पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा […]
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयले गरेको संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी गरिरहेको प्रति खुसी व्यक्त गरेकी छिन् । उनले संसदले हालसम्मका कार्यमा कति […]
१२ मंसिर, काठमाडौं । नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) जनाएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन सिक्वेन्सिङ अध्ययन सुरु गरेको थियो । सीएमडीएनका निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर समिरमणि दीक्षितका अनुसार १५ वटा नमुना संकलन […]
१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालहरुले उपलब्ध नगराएको गुनासो आएको जनाएको छ । मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ रकम निकासा गरिसकेले जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो । सरकारले कोभिड—१९ को उपचार संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश […]
१२ मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–१ का किसान कनैया चौधरीले केही दिनको अन्तरालमा २ पटकसम्म धान बेचे । पहिलो पटक ६ क्वीन्टल धान बेच्दा प्रतिक्वीन्टल २ हजार रुपैयाँ पाएका उनले दोस्रो पटक १२ क्वीन्टल बिक्री गर्दा प्रतिक्वीन्टल २ हजार ३ सय रुपैयाँ पाए । ‘धान पाकिसकेपछि हामीलाई बेच्न हतार हुन्छ । घरमा धेरै राख्ने ठाउँ […]
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी कान्छी श्रीमती छिदेन डोल्मा लामालाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरेको थियो।३४ वर्षीया लामालाई चोरी मुद्दाको कसुरमा पक्राउ गरिदिन माग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पुगेका थिए। ‘हेर्नुहोस्, सांसदको श्रीमती भनेपछि प्रहरी पनि डराउँदो रहेछ, पक्राउ गरिदिनुपरो भनी म आफैं प्रहरीमा जानुपर्यो,’ गुरुङले भने। मकवानपुरका प्रहरी नायब उपरीक्षक […]
काठमाडौँ — बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर । दिनभर टोलाइरहन्थिन् सपना […]
जलेश्वर : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार विहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय […]
गुल्मी : इस्मा गाउँपालिकामा आज विहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय […]
फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् । “सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बलदेव रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका बाजुराका सरकारी कार्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गरेका छन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहतका जिल्ला सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालयको विहिबार र शुक्रबार अनुगमन गरेका हुन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका जिल्ला […]
बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे । मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती […]
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सङ्घीय सरकारका विभिन्न निकायबाट विकास आयोजनाको अनुगमन गर्न आएको एक टोलीका प्रतिनिधिबीच आज धनगढीमा छलफल भएको छ । उक्त टोलीका प्रतिनिधि र मुख्यमन्त्रीका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका साथै प्रदेश र सङ्घीय सरकारद्वारा संयुक्त रुपमा सञ्चालित सडकलगायत विकास […]
१२ मंसिर, बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि जिल्ला […]
१२ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् । बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका […]
काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत […]