होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जीप दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते
समाचार

जीप दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

  • नागरिक रैबार
जीप दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

गुल्मी : इस्मा गाउँपालिकामा आज विहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५  ८० वर्षीया सुन्दरी थापा  रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए ।

घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपु¥याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिए । दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन

दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार