होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री भट्ट र अनुगमन टोलीबीच छलफल
समाचार

मुख्यमन्त्री भट्ट र अनुगमन टोलीबीच छलफल

  • नागरिक रैबार
मुख्यमन्त्री भट्ट र अनुगमन टोलीबीच छलफल

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सङ्घीय सरकारका विभिन्न निकायबाट विकास आयोजनाको अनुगमन गर्न आएको एक टोलीका प्रतिनिधिबीच आज धनगढीमा छलफल भएको छ ।

उक्त टोलीका प्रतिनिधि र मुख्यमन्त्रीका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका साथै प्रदेश र सङ्घीय सरकारद्वारा संयुक्त रुपमा सञ्चालित सडकलगायत विकास आयोजनाका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

उक्त टोलीले शुक्रबार (आज) कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको स्थलगत अनुगमन निरीक्षण गर्ने बताइएको छ । टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, सिँचाइ विभागका महानिर्देशकलगायत सहभागी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार