होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। दाङमा गोली लागेर घाइते भएको अवस्थामा एक व्यक्ति भेटिएका छन्। तुलसी उपमहानगरपालिका-१३ का ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते भएको अवस्था भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी रवीरन्द्र धानुकले जानकारी दिए। पौडेल गएराति ९ बजे लमही नगरपालिका-९ को च्याउ खोला जंगलमा घाइते अवस्थामा भेटिएका हुन्। पौडेलको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। […]
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भन्दा धेरै काम निजी क्षेत्रले गरेको बताएका छन् । र, निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको उनले बताएका छन् । धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारसँग निजी क्षेत्रले डराउनु नपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको […]
मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे । कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ । मन्त्रालयले कार्यढाँचा जारी गरेको […]
काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव […]
संसदीय सुनुवाइ समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयनका गर्न छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले संविधानले परिकल्पना गरेको र मौलिक अधिकारका रुपमा समेत रहेको समानुपातिक समावेशीतालाई व्यवहारतः कार्यान्यनका लागि छुट्टै ऐन ल्याउन निर्देशन दिएको हो । सर्वस्वीकार्य हुनेगरी संविधानको प्रस्तावना र मौलिक अधिकारको धारा ४२ मा उल्लेख भएअुनसार ऐन बनाउन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को समस्याका बेला सरकारको सहयोग परिमाणमा नभएर क्षमता र दक्षतामा हेर्नुपर्ने बताएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारबाट उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समस्यामा परेका निजी क्षेत्रले सरकारबाट ठूलो आर्थिक सहयोगको अपेक्षा गर्ने भन्दा पनि सरकारको क्षमता हेर्नुपर्ने बताए । ‘कोभिड–१९ को समस्यामा परेका […]
खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् । समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । […]
११ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता सुरु भएको छ । बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासङ्ग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता […]
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले विहीबार काठमाडौं उत्रेपछि विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिए । नेपाली भाषा बोल्न सक्ने भारतीय विदेश सचिवका रुपमा उनको चर्चा पहिल्यैदेखि थियो । तर, विहीबार उनले यसको प्रमाण प्रस्तुत गरे । आफू पहिले पनि नेपाल आएको तर विदेश सचिवका रुपमा पहिलोचोटि आएको श्रृंगलाले बताए । नेपाल […]
११ मंसिर, काठमाडौं । यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरुले गरेका छन् । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना)मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले अनलाइनखबरसँग भनिन्, ‘समग्रमा भन्नुपर्दा सरदरभन्दा […]
काठमाडौँ — मुलुकमा भाषाको संख्या बढेको एक अध्ययनले देखाएको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् । जनगणना २०६८ को तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा छन् । ‘नेपालमा बोलिने केही थप भाषाहरूको […]
पोखरा : मनाङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामा डाँका चोरी मुद्दामा पक्राउ परेकी छिन्। हेटौंडामा समातिएकी उनलाई प्रहरीले कास्की जिल्ला प्रहरीको हिरासतमा राखेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए। उनले […]
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ उनले आजै राष्ट्रपति […]
नागरिक रैबार धनगढी ११ मंसिर । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख काट्नका लागि सरकारले अनुमति दिएको छ । मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन […]
काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी छोरी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा खस्दा रोकाका श्रीमती र चालकको मृत्यु भएको हो […]
एजेन्सी । विश्वमा यस्ता कैयौ देशहरु छन, जो आफनो अनौठो–अनौठो कानुनलाई लिएर सधै चर्चामा आइरहन्छन् । यस्तै देशहरु मध्येको देश हो ईरान, जहाँ यस्तै–यस्तै अनौठा –अनौठा कानुन छ, जसको बारेमा जानेर मानिसहरु अचम्ममा पर्दछन् । यहाँ मानिसहरुलाई कैयौ प्रकारका प्रतिबन्धहरु लगाइएको छ, जसको बारेमा सायदै पनि तपाई जान्नुहुन्छ होला । – यो देशमा महिलाहरु स्टेडियममा […]
९ मङ्सिर, गलकोट । जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न […]
११ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ […]
जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले […]