होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र […]
युवाजति रोजगारीका लागि भारत तथा अन्य देश जाँदा डडेल्धुराका धेरै गाउँ सुनसान छन् । दसैँ-तिहारबाहेक अन्य समयमा गाउँघरमा वृृद्धवृृद्धा, महिला र बालबालिका मात्रै देखिन्छन् । एसईई दिएर यहाँका धेरै युवा रोजगारीको खोजीमा भारत जान्छन् । उनीहरू दसैँ-तिहारको समयमा मात्रै घर फर्किने गर्छन् । जिल्लाको अजयमेरु गाउँपालिका-३ गुनपालका भानबहादुर मल्ल पनि लामो समय भारतमा बिताएर अहिले […]
काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ । प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले सचिवालयमा पेश गरिएको प्रतिवेदन फिर्ता लिन भनिएपनि कार्यकर्तामा वितरण गर्न थालिएको बताए । प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामाझ वितरण […]
प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पूर्वगाविस अध्यक्ष र सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङको पथरीस्थित तात्कालीन गाउँ विकास समितिका पूर्वअध्यक्ष तिलक बान्तवा राईको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ६६ वर्षीय राईको मंगलबार बिहान मृत्यु भएको हो । अस्पतालको आइसोलेसन प्रमुख […]
९ मंसीर, जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको […]
धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ […]
पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन । इलामको […]
धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्री सुवेदीलाई गत मंसिर १ गते कोरोना पुष्टि भएको थियो । आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएकाे उनको सचिवालयले जानकारी दिएको थियो ।उनले दिप प्रज्वलन गर्ने र स्वास्थ्य […]
धनगढीः बैतडीको झुलाघाट सीमा नाका ५ दिनका लागि खुल्ला गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार सोमबारदेखि ५ दिनका लागि सीमा नाका खोलिएको हो । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नेपाल–भारत सीमा नाका खोलिएको हो । भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको उनले बताए […]
सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु भएको छ । धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपालका अनुसार मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–२ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल रहेकी छिन् । पुतलीदेवी मणिलेक ढोब्डेनाको भीरबाट लडेकी नेपालले बताए । […]
९ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । आगो निभाउन दमकल आए पनि […]
९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट […]
९ मंसिर, काठमाडौं । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. […]
बुटवल । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् । घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर […]
९ मंसिर, जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो । उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ । बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको […]
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले मंसिर २ को सचिवालय बैठकमा दाहालका आरोपको मौखिक खण्डन गर्दै आउँदो सचिवालय बैठकमा लिखित जवाफ पेस गर्ने घोषणा […]
बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् । जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ । विगतमा कात्तिकदेखि […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । नेपालको हालको मौसम भने सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्। बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन्। ‘हामीले पार्टीको बैठक बोलाउन माग गरेको […]
कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले बताए। उनले परीक्षा […]