होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महामारीमा खटिने स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
समाचार

महामारीमा खटिने स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • नागरिक रैबार
महामारीमा खटिने स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालहरुले उपलब्ध नगराएको गुनासो आएको जनाएको छ । मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ रकम निकासा गरिसकेले जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।

सरकारले कोभिड—१९ को उपचार संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश ०७७ अनुसार जोखिममा रहि काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णय अनुसार जोखिम भत्ता निकासा गरिएको उल्लेख गरिएको छ ।

कात्तिक महिनाको रकम भुक्तानीको क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयका सह—प्रवक्ता समीरकुमार अधिकारीले आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा बसेको सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन निर्देशन दिइएको उनले बताए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार