होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दीपक मनाङे भन्छन्- सांसदकी श्रीमती भनेपछि प्रहरी पनि पक्रन डराउँदो रै’छ
देश/प्रदेश

दीपक मनाङे भन्छन्- सांसदकी श्रीमती भनेपछि प्रहरी पनि पक्रन डराउँदो रै’छ

  • नागरिक रैबार
दीपक मनाङे भन्छन्- सांसदकी श्रीमती भनेपछि प्रहरी पनि पक्रन डराउँदो रै’छ

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी कान्छी श्रीमती छिदेन डोल्मा लामालाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरेको थियो।३४ वर्षीया लामालाई चोरी मुद्दाको कसुरमा पक्राउ गरिदिन माग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पुगेका थिए।

‘हेर्नुहोस्, सांसदको श्रीमती भनेपछि प्रहरी पनि डराउँदो रहेछ, पक्राउ गरिदिनुपरो भनी म आफैं प्रहरीमा जानुपर्‍यो,’ गुरुङले भने।

मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार लामालाई जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी तथा डकैती मुद्दामा पक्राउ गरिदिन अदालतको पूर्जी पठाएको थियो।

विज्ञापन

सोही पूर्जीका आधारमा मंगलबार लामालाई हेटौंडा उपमहानगरपालिका-१० पदमपोखरीबाट पक्राउ गरिएको हो।लामालाई पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाइएको रानाले बताए।पक्राउ परेकी मनाङेकी कान्छी श्रीमती
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामालाई बुधबार चोरी तथा डकैती मुद्दामा अदालतमा म्याद थप गरिएको छ।लामालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार लामामाथि चोरी तथा डकैती कसुरको जाहेरी छ। उक्त जाहेरी पोखरा महानगरपालिका-१० बस्ने रोनित गुरुङले दिएका हुन्।जाहेरीमा रोनितले चाँदीका आठ वटा अंखोरा र पाँच वटा बुद्ध मूर्ति चोरी डकैती गरेको उल्लेख गरेका छन्।‘लामा पक्राउ पर्दा तीन वटा बुद्ध मूर्ति फेला परेका छन्, अरू भेटिएको छैन,’ हमालले भने।

को हुन् रोनित?

पहिले स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका रोनित पोखरा-१० बसोबास गर्दै आएका छन्। उनी मनाङेका स्वकीय सचिव हुन्।मनाङेले प्रदेश सभामा सांसद पदको सपथ लिएदेखि उनै रोनितकहाँ बसोबास गर्दै आएका थिए।रोनितको घरमा मनाङे र उनकी कान्छी श्रीमती लामा सँगै बस्दै आएका थिए।लामासँग मनाङेले १० वर्ष पहिले बिहे गरेका थिए। मनाङे-लामाका ८ वर्षका छोरा छन्।

‘कात्तिक ८ गतेदेखि हराएको र चोरी-डकैती भएको जाहेरी हामीकहाँ आएको थियो,’ हमालले भने।मनाङे र लामाको सम्बन्धमा उतारचढाव आएपछि भने गत भदौदेखि दुबै छुट्टाछुट्टै बस्दै आएका थिए।‘छोराको लालनपालन र शिक्षादीक्षाका लागि खर्च दिएको छु, डिभोर्स भएको छैन,’मनाङेले सेतोपाटीसँग भने।तर, आफूहरू लमजुङ गएका बखत लामा आएर चोरी गरेको मनाङेको दाबी छ।‘सामान मेरो भएको भए केही बिग्रँदैनथ्यो, स्वकीय सचिवको चोरी गरेकाले मुद्दा दिन उनलाई लगाएको हुँ,’मनाङेले भने।

ती बुद्ध मूर्ति र अम्खोरा रोनितको चार-पाँच पुस्ताअगाडिका थिए। तन्त्रमन्त्र गरेर राखिएका ती बुद्धमूर्ति बौद्ध धर्मावलम्बीले बहुमूल्य मान्छन्।‘ती मूर्ति र अम्खोरा २०/२२ लाख पर्ने होलान्, तर बहुमूल्य चिजवस्तु हुन्,’ मनाङेले भने।

सामान हराएको र लामा घरमा आएको थाहा पाएपछि मनाङेले रोनितलाई फोन गर्न लगाए। सामान फिर्ता ल्याइदिन रोनितले लामासँग अनुरोध पनि गरे।‘तर, उल्टो धम्क्याउँदो रहेछ हो, अनि त जाहेरी दिन स्वकीय सचिवलाई पठाएको, प्रहरी त सांसदको श्रीमती भनेर दर्तै गर्न नमान्ने,’मनाङेले भने, ‘अनि त म आफैं गएर कास्की प्रहरीमा जाहेरी दर्ता गरिदिनुस् भन्नुपरो।’

बहुमूल्य सामान रहेकाले पैसा दिएर मिलाउन पनि नसकिएको बताए।मकवानपुर प्रहरीले पक्राउ नगर्ला कि भनेर त्यहाँ पनि आफैं जानुपरेकोमनाङेले बताए।मनाङेले चोरी-डकैती मुद्दै लागिसकेपछि श्रीमतीसँग अब डिभोर्स गर्ने बताए।‘अब मुद्दा नै लागिसकेपछि त चोरी गर्ने श्रीमतीलाई डिभोर्स दिनुपर्ला नै,’ मनाङेले भने।

मनाङे मनाङ जिल्लाबाट नेकपाको समर्थनमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार उठेका थिए। चुनाव जिते पनि मुद्दामामिलाका कारण उनले लगत्तै प्रदेशसभा पुग्न पाएनन्। सर्वोच्च अदालतले रिहा गरेपछिमनाङेको संसद यात्राको बाटो खुल्यो।उनले २०७५ माघ १४ गते सपथ लिएका थिए।२०७४ मंसिरमा चुनाव हुँदा उनी जेलबाहिर नै थिए। चुनाव जितेको दुई महिनापछि सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने कसुरमा पाँच वर्ष सजाय सुनायो।

त्यसपछि प्रहरीले उनलाई २०७५ वैशाखमा पक्राउ गर्‍यो। डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेकै बेला सर्वोच्च अदलतले थुनामुक्त गर्ने आदेश दिएको थियो।मनांगेले २०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोग थियो। उक्त प्रकरणमामनाङेलाई ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा चलाएको थियो।

घटनामा गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवार पनि थिए। काठमाडौं जिल्ला अदालतले २०६१ सालमा मनाङेलाई दुई वर्ष जेल सजायको आदेश गरेको थियो। अन्य चार प्रतिवादीले जिल्ला अदालतबाट सफाइ पाएका थिए।जिल्लाको फैसलामा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश गरेको थियो। २०७५ माघ २ गते सर्वोच्चले सो फैसला सदर गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार