होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकार संसदको हिँउदे अधिवेशनको तयारीमा छः कानुनमन्त्री तुम्बाहाङ्फे
समाचार

सरकार संसदको हिँउदे अधिवेशनको तयारीमा छः कानुनमन्त्री तुम्बाहाङ्फे

  • नागरिक रैबार
सरकार संसदको हिँउदे अधिवेशनको तयारीमा छः कानुनमन्त्री तुम्बाहाङ्फे

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयले गरेको संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी गरिरहेको प्रति खुसी व्यक्त गरेकी छिन् ।

उनले संसदले हालसम्मका कार्यमा कति प्रगति भयो भनेर समिक्षा गर्नुपर्ने बताउँदै व्यबहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन् । उनले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । उनले भनिन्–‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन ।’

तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेशमार्फत ऐन ल्याएको चर्चा गर्दै उनले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको उल्लेख गरिन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार