होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का कार्यकारी अध्यक्ष प्रचण्डले अलगाएको आरोपको लिखितरुपमै जवाफ दिनेगरी बैठकमा उपस्थित भएका छन् । बैठकमा ज्याकेट लगाएर उपस्थित भएका ओली बसेको टेबुलमा रातो झोला देखिन्छ । जुन झोलामा ओलीले प्रचण्डलाई जवाफ दिन ल्याएको […]
बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा […]
१३ मंसिर, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् । नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सके विवादमा पानी राख्न र नसके घिउ नराख्न आग्रह गरे । उनले नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र […]
काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा सुरुभएको बैठकमा अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दिने कार्यसूची रहेको छ । पछिल्लो समय नेकपामा मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको सरकार सम्बन्धी विवादलगायतका विषयमा विवाद सुरु भएको छ […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ । काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रममा शनिबार बिहान नेता सिंहले चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे । ‘बजेट […]
कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । “जिल्लाभर […]
हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९ बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् । जिल्लाभरिका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ । जिल्लाका २२४ स्वयंसेविका र स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा […]
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका- ७, दाजेमा शुक्रबार राति भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते भएका एक जनाको शनिबार बिहान मृत्यु भएसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । दुर्घटनामा परी गम्भीर घाइते आठबीसकोट- ८, का ५८ वर्षीय लालबहादुर नेपालीको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द […]
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि २२ मङ्सिरसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख […]
धनगढीः कैलालीलाई डोटीको ठुलीगाडसँग जोड्ने भजनी–छोटी भन्सार ठुलीगाड सडकलाई सुदूरपश्चिम सरकारले प्रदेश गौरवको सडकको रुपमा राखेको थियो। २०७५ सालको फागुन १ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रदेश गौरवको योजनामा छनौट भएको सो सडक खण्डको काम झण्डै २ वर्षसम्म सुरु हुन सकेको थिएन। गत असारमा ठेक्का सम्झौता भएपछि भने अहिले सो सडकको निर्माण कार्य अगाडी […]
काठमाडौँ- विश्वभर ४ करोड २७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८५३ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ४ करोड २७ लाख ८३ हजार ७१३ पुगेको हो । यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख ७९ हजार ९१९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ […]
रूपन्देही- बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको राति साढे ११ बजे र कपिलवस्तु गोरूसिंगेका ७४ वर्षीय वृद्धको शुकरबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बुटवलका पुरूषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका वृद्धको राति १०:२० […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् ।प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको […]
कालीकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ । पलाँता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शुक्रबार बेलुका उद्धार गरिएको हो । गर्भवती रहेकी बमको सुत्केरी ब्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा आएको र पाठेघरको मुख खुले पनि […]
काठमाडौँ । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक औपचारिक भ्रमणमा नेपाल आउँदैछन् । एकदिनको लागि वेइ फेङ्गे आइतबार अर्थात भोलि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जनरल वेइ फेङ्गेको नेपाल भ्रमणको बारेमा औपचारिक जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको […]
काठमाडौँ- काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार विहान काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो […]
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ३६ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार १९० पुगेको हो । यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ ।डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ४१४ […]
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।महासंघको ५४औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालको वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । सहमतिको प्रयास सफल नभएपछि ६४ पदका लागि १ सय २१ जनाको उम्मेदवारी परेको छ ।काठमाडौँका तीन ठाउँमा हुने मतदान बिहान ८ बजेदेखि दिउँसो […]
काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी […]