होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • रास्वपा टुंगो लगायो समानुपातिकतर्फका ५७ सांसदको नाम
Breaking News

रास्वपा टुंगो लगायो समानुपातिकतर्फका ५७ सांसदको नाम

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रास्वपा टुंगो लगायो समानुपातिकतर्फका ५७ सांसदको नाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो। स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने बैठकमा उपस्थित नभए पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

पार्टी प्रवक्ता मनिष झाका अनुसार ५७ जनामध्ये ४८ महिला र ९ पुरुष छन्। क्लस्टरअनुसार खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम सिफारिस गरिएको छ।

विज्ञापन

सिफारिस गरिएका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन । निर्वाचन आयोगले नामावली रुजु गरी अनुमोदन गरेपछि मात्र सार्वजनिक गरिने बताइएको छ । रास्वपाले आजै उक्त नामावली निर्वाचन आयोगमा बुझाउने जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै