होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वीरेन्द्रनगर — ‘ए परदेशी पर्खी आऊ भो घर सुखदुःख यहीं गाउँमा बिताउँला परदेशमा नगए हुन्न र ?’ पानीपँधेरो र वनपाखा गर्दा जाजरकोटको कुशे गाउँपालिकाकी वसन्ती परियारले यस्तै गीत गुन्गुनाउँछिन् । परदेशिएर बेखबर बनेका श्रीमान् खगेन्द्रलाई पर्खिएको ८ वर्ष बित्यो । ‘जिउँदै छन् कि कस्तो छन् केही अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘कोही परदेशी फर्किएको खबर सुने उनी पो घर […]
अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड […]
धनगढी : ०७१ सालमा भएको नवौं महाधिवेशनमा भीम रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भए। चितवनमा हुने दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने रावलले घोषणा गरिसकेका छन्। उम्मेदवारी घोषणा गर्दै रावलले आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका छन्। तर रावललाई दशौं महाधिवेशनमा साख बचाउन चुनौती छ। सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल […]
निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत […]
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा […]
काठमाण्डाै – सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको […]
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३ सय ८० वडामा सम्मेलन सम्पन्न गरेको छ । ८८ स्थानीय तहका कुल सात सय ३४ वडा रहेको सुदूरपश्चिममा तीन सय ८० मा वडा सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष शरदसिंह भण्डारीले आइतबारसम्म तीन ८० वडामा […]
तस्बिरमा देखिएको लस्कर हिमाल आरोहीहरूको होइन, गाउँमा भोकमरी हुने भएपछि राज्यसँग चामल माग्न हिँडेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाको हो । आलु र उवा मात्रै उत्पादन हुने चीनसँग जोडिएको यो गाउँका बासिन्दा पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट पुगेका छन् । ‘जिल्लामै चामल छैन’ भन्ने हुम्लाका […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन् । बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेको छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । दुवै निर्वाचन […]
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँकी सानु महतोको घरमा शनिबार जनगणनाका लागि गणक पुगे। राष्ट्रिय जनगणना २०७८ का लागि पूर्ण विवरण सङ्कलनका गर्न आएकी गणकले अधुरो तथ्यांक मात्रै राखिन्। बाँकी विवरण घरमा मज्जाले भर्ने भन्दै उनी अर्काे घरमा गइन्। गणकको उक्त व्यवहार देखेर महतो अचम्मित भइन्। राष्ट्रिय जनगणनामा अधुरो र झुटो विवरण उल्लेख […]
धनगढीः सुदूरपश्चिममा गहु खेती लगाउने समय आधा सकिदा पनि किसानले अझै मल पाएका छैनन्। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गहु बाली लगाउने समयमा किसानले मल नपाएका हुन्। अन्तराष्ट्रिय बजारमा नै मलको मुल्य दोब्बरले बढेका कारण खरिद गर्न नसकिएको तर्क सरकारी निकायको छ। यस वर्ष पनि समयमा मल नपाउँदा हैरान भएको किसान दिपेन्द्र चौधरीले बताए। […]
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ […]
बर्दिया । मधुवन नगरपालिका-४ ढोढरीको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा पढाउने गरेको छ । विद्यालयले वर्षको दुई पटक (गर्मी महीनार जाडो महिना) शुक्रबारको कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई जातीय परम्परागत पोशाकमा बोलाइ पढाउन थालेको हो । शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, […]
पाँचथर — कांग्रेसको पाँचथर ‘प्रदेश सभा ख ’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छन् । आइतबार विहान सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठ प्रतिस्पर्धी नगेन लामालाई पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन् । सो प्रदेशको उपसभापतिमा जितेन्द्र भण्डारी र तेजबहादुर चेम्जोङ, सहसचिवमा ज्योतीप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् । […]
बझाङमा बाढीपहिरोले क्षति पुर्याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनी राहात लिनेमाथि छानविन गर्न लागेको हो। जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरमा क्षति भएका र मृत्यु भएका व्यक्तिको परिवारलाई जग्गाधनी […]
काठमाडौं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका […]
धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिको अनुपस्थितिमा पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको छ। डडेल्धुराका दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिहरू करुणाकर भट्ट र मानबहादुर बुढा पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेका छन्। तर डडेल्धुरामा शुक्रबार पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ। डडेल्धुरामा प्रदेश २ को सभापतिमा जिल्ला समन्वय समिति […]
बझाङ, ४ मंसिर/ बाढी पहिरो आई सडक अवरुद्ध भएको झण्डै एक महिनापछि जपयृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसंगै आजदेखी राजमार्ग सञ्चालनमा आएको हो । बाढी पहिरोका कारण अवरुद्ध भएको बझाङको चैनपुर जोड्ने राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च […]
दार्चुला: सरकारले दार्चुलाको दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। सरकारको निर्णयले बाढीपहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए। गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने […]