होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ३८० वडामा माओवादी केन्द्रको नेतृत्व चयन
समाचार

सुदूरपश्चिमका ३८० वडामा माओवादी केन्द्रको नेतृत्व चयन

  • नागरिक रैबार
सुदूरपश्चिमका ३८० वडामा माओवादी केन्द्रको नेतृत्व चयन

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३ सय ८० वडामा सम्मेलन सम्पन्न गरेको छ ।

८८ स्थानीय तहका कुल सात सय ३४ वडा रहेको सुदूरपश्चिममा तीन सय ८० मा वडा सम्मेलन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष शरदसिंह भण्डारीले आइतबारसम्म तीन ८० वडामा सम्मेलन सम्पन्न गर्दै सर्वसम्मत रुपमा वडा कमिटि चयन गरिएको जानकारी दिए ।

विज्ञापन

भण्डारीका अनुसार कैलालीका एक सय २३ वडामा अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी समेत गरेर दुई हजार चार सय ७४ सदस्यीय कमिटि चयन गरिएको छ भने कञ्चनपुरका ४३ वडामा एक हजार दुई सय ४७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।

उनले डोटीका ३७ वडा र बझाङका ३७ वडामा सामान एक हजार ३७ सदस्यीय कमिटि चयन गरिदा दार्चुलाका ३६ वडामा एक हजार ४४ सदस्यीय कमिटि बनेको छ । बैतडीका ३३ वडामा ९ सय ५७, डडेल्धुराका २९ वडामा ८ सय ४१, बाजुराका २८ वडामा ८ सय १२ र अछामका १४ वडामा चार सय ६ सदस्यीय वडा कमिटि सर्वसम्मत भएको छ ।

सम्मेलन सम्पन्न भएका तीन सय ८० वडाका कमिटिमा कुल ९ हजार ९ सय २७ जना अटाएको माओवादी केन्द्रले जनाएको छ । बाँकी रहेका तीन सय ५४ वडामा सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने गरेर सम्मेलन जारी राखिएको छ ।

विशेषगरी सुदूरपश्चिममा लाग्ने मेला, जात्राका कारण पहाडी जिल्लाका अधिकांश वडामा सम्मेलन गर्न बाँकी रहेको प्रदेश अध्यक्ष भण्डारीले बताए ।

उनले मंसिर ८ गतेभित्र वडाको सम्मेलन सम्पन्न गरेर ११ गते पालिकास्तरको सम्मेलन गर्ने कार्यसूची तय गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार