होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उता प्रदेशसभा क्षेत्रका सभापति अनशनमा, यता नयाँ सभापति निर्वाचित
समाचार

उता प्रदेशसभा क्षेत्रका सभापति अनशनमा, यता नयाँ सभापति निर्वाचित

  • नागरिक रैबार
उता प्रदेशसभा क्षेत्रका सभापति अनशनमा, यता नयाँ सभापति निर्वाचित

धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिको अनुपस्थितिमा पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको छ। डडेल्धुराका दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिहरू करुणाकर भट्ट र मानबहादुर बुढा पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेका छन्। तर डडेल्धुरामा शुक्रबार पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ।

डडेल्धुरामा प्रदेश २ को सभापतिमा जिल्ला समन्वय समिति प्रमुख गणेश राजभट्टको प्यानल सर्वसम्मत चयन भएका छन्। यस्तै प्रदेशसभा क्षेत्र १ को सभापतीमा कैलाश कुमार पाण्डेय निर्वाचित भएका छन्। परशुराम नगरपालिकाको– १२ स्थित परशुराम रंगशालामा सभापति पदका लागि भएको निर्वाचनमा जीतबहादुर विष्टलाई हराउँदै पाण्डेय विजयी भएका हुन्।

अनशनरत डडेल्धुराका सभापति कर्ण मल्ल, क्षेत्रीय सभापतिद्वय भट्ट र बुढासहितका नेता–कार्यकर्ताहरुले अनसनको सुनुवाइ नगरेर एकलौटी रुपमा महाधिवेशन प्रक्रिया सुरु गरिएको प्रति आपत्ति जनाएका छन्। दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिको अनुपस्थितिमा भएको अधिवेशन अवैध भएको अनशनरत जिल्ला कार्य समिति सदस्य गोकुल शाहीले बताए। ‘पार्टीको विधान अनुसार प्रदेश अधिवेशनका लागि क्षेत्रीय सभापति उपस्थित हुनुपर्छ। उहाँहरु दुवै जना यहाँ अनशनमा बस्नु भएको छ अनि जिल्लामा भएको अधिवेशन वैध हुन्छ र ?’ उनले प्रश्न गर्दै भने, ‘हामीले त्यस विषयमा निर्वाचन समितिलाई उजुरी दिइरहेका छौं।’

विज्ञापन

उनका अनुसार यसअघि एकलौटी रुपमा सम्पन्न वडा र पालिका अधिवेशन खारेजीको माग गर्दै निर्वाचन समितिमा दिइएका उजुरी उपर छानबिन भइरहेको छ। ‘निर्वाचन आयुक्तहरुले त्यसलाई अवैधानिक भनेका छन्। विवादित प्रतिनिधि महाधिवेशनमा समावेश हुँदैनन् भनेका छन्’ शाहीले भने।

काँग्रेस डडेल्धुराको संस्थापन पक्षले आफ्नो असहमति हुँदाहुँदै अर्को पक्षले एकलौटी वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार