होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यार्थीलाई सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ
समाचार

विद्यार्थीलाई सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ

  • नागरिक रैबार
विद्यार्थीलाई सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ

बर्दिया । मधुवन नगरपालिका-४ ढोढरीको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत पहिरनमा पढाउने गरेको छ ।

विद्यालयले वर्षको दुई पटक (गर्मी महीनार जाडो महिना) शुक्रबारको कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई जातीय परम्परागत पोशाकमा बोलाइ पढाउन थालेको हो ।

शिक्षक तथा विद्यार्थी आ आफ्नो परम्परागत जातीय पहिरनमा उपस्थित भइ सामाजिक विविधता, विभिन्न जातजातिको भेषभुषा, रहनसहन र कला संस्कृतिको बारेमा पढ्दै÷पढाउँदै आएको प्रधानाध्यापक पूर्णचन्द्र पोख्रेलले बताए ।

विज्ञापन

विद्यालयको यो प्रयासले सामाजिक विविधता, कला, संस्कृति, रहनसहन, पहिरनबारे बालबालिकालाई बुझाउन सहज भएको उनले बताए । उनले भने, ‘हामीले पाठ्यक्रममा भएको कुरा पढाउँदा मात्रै भन्दा प्रत्यक्ष देखाएर, विद्यार्थी आफैलाई आफ्नो पूर्खा, कला, संस्कृतिबारे भन्न लगाएर पढाउँदा मजाली बुझ्छन् । सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्छ ।’

यसले विद्यार्थीबीच एक अर्काको भाषा, कला, संस्कृति, पहिरन र सामाजिक विविधताबारे जानकार मात्रै नभएर सम्मान गर्न सिकाउने प्रधानाध्यापकको भनाइ छ ।

कार्यक्रमको दिन जातीय पहिरनमा भएको विद्यार्थीलाई पूर्खालाई सम्झेर मौनधारण गर्न लगाउनुका साथै आफ्नो जाति, संस्कृति, कला, भाषाबारे जानकारी दिन लगाउने गरिएको छ । दुई अथवा तीन पिरियडमा सुन्ने÷सुनाउने कक्षापछि सांस्कृतिक कार्यक्रम हुने गरेको छ ।

विद्यालयको यो कार्यक्रमले विद्यार्थीमा आफ्नो भाषा, संस्कृति, पहिरनबारे चासो तथा प्रेम बढाएको प्रधानाध्यापकले पोख्रेलले बताए । अन्य दिन विद्यार्थीलाई विद्यालयमा मोबाईल फोन ल्याउन प्रतिवन्ध गरिएको छ । तर जातीय भेषभूषामा आउने कार्यक्रमको दिन विद्यार्थीलाई मोबाईल ल्याउन समेत अनुमति दिएको छ ।

प्रधानाध्यापकले पोख्रेलले भने, ‘विद्यार्थी खुशी हुन्छन् । विविधता सहितको फोटो खिच्छन् भनेर यो दिन चाँहि मोबाईल फोन ल्याउन दिएका छौं।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार