होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर १, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुरामा दुर्घटना, तीन जना घाइते
देश/प्रदेश

हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुरामा दुर्घटना, तीन जना घाइते

  • नागरिक रैबार
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुरामा दुर्घटना, तीन जना घाइते

हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा नजिकैको भलिया बगरमा दुर्घटनामा परेको छ।

हुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरकाे बस बिहिवार दिउसाे दुर्घटनामा परेकाे हाे ।

घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगुका १८ वर्षीय विशाल बिक, दैलेखकी दिपा सोनाम, र ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र अहिले बेर्मा बजारस्थित गोपाल मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा २३ जना सवार थिए। चालक सुर्खेतका दीपक बिक रहेका छन्। प्रहरीले दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै