होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग
समाचार

एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

  • नागरिक रैबार
एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग

बझाङ, ४ मंसिर/ बाढी पहिरो आई सडक अवरुद्ध भएको झण्डै एक महिनापछि जपयृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसंगै आजदेखी राजमार्ग सञ्चालनमा आएको हो ।

बाढी पहिरोका कारण अवरुद्ध भएको बझाङको चैनपुर जोड्ने राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैपल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।

राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालबाहक ट्रकहरु र यात्रुबाहक बसबाहेकका साना यातायातका साधनहरु वारपार गर्न सक्ने बनाएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन । यस्तै जालेबगरमा सडक भएको ठाउँमा सेती बग्न थालेपछि सेती नदीलाई डाइभर्ट गरेर अस्थाई रुपमा वैकल्पिक सडक बनाईएको छ ।

विज्ञापन

बाढी पहिरो भएको एक महिनासम्म पनि सडक नखुलेपछि स्थानीय आक्रोसित थिए । सडक सुचारु हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका काम समेत प्रभावित बनेको छ । बजारमा महंगी बढेको छ भने व्यापारीले समेत कृतिम अभाव सिर्जना गरेको स्थानीयको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार