होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमको दोस्रो जित
क्रिकेट

महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमको दोस्रो जित

  • नागरिक रैबार
महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमको दोस्रो जित

कंञ्चनपुर – प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले दोस्रो जित निकालेको छ ।

कंञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा चलिरहेको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको हो ।टस हार्दै ब्याटिङको निम्तो पाएको सुदुर पश्चिम प्रदेशले १६ दशमलव १ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय रन जोडेको थियोे । सुदुरपश्चिमका लागि कविता कुवँरले २५ बल खेल्दै सर्वाधिक ४३ रन जोड्दै ८ चौका हिर्काएकी थिइन् ।

त्यस्तै कविता जोशीले २ चौका हिर्काउदै १९ रन जोड्दा अरु ब्याट्सवुमनले दोहोरो अंकमा रन जोड्न नसक्दा १ सय रनमा समेटिएको थियोे ।बलिङतर्फ प्रदेश ५ का लागी नेरि थापा र एलिशा थापाले समान ३(३ विकेट प्राप्त गरिन ।१ सय १ रनको लक्ष्य पाएको प्रदेश ५ ले १६ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ४९ रनमा समेटिएको थियोे ।

विज्ञापन

प्रदेश ५ का लागी लक्ष्मी चौधरीले सर्वाधिक १२ रन जोड्नु बाहेक अन्य ब्याट्स वुमनले दोहोरो अंगमा जोड्न नसक्दा ५१ रनले हार बेहोर्नु पर्‍यो । बलिङतर्फ प्रदेश ५ लाई सस्तो मै समेट्न सुदुरपश्चिम प्रदेशका लागी कप्तान जानकी भट्टले सर्वाधिक ३ विकेट चट्काउदा कविता कुवँर, सुमन बिष्ट र लक्ष्मी साउदले समान २/२ विकेट र कविता जोशीले १ विकेट प्राप्त गरेकी थिईन ।

सुदुरपश्चिमको जितमा ४३ रन सहित २ विकेट लिदै दोहोरो प्रदर्शनकी कविता कुवर लगातार दोस्रोपटक प्लेयर अफ द म्याच घोषित भईन कवितालाई कंचनपुर ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए । आइतबार साझ एपीएफ र गण्डकी प्रदेशका बीच खेल हुनेछ ।

गाेदावरी न्युजबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार