होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • आयाक्स पहिलो लेगमा अगाडि
फुटबल

आयाक्स पहिलो लेगमा अगाडि

  • नागरिक रैबार
आयाक्स पहिलो लेगमा अगाडि

बैशाख २२, २०७६

डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड र क्रिस्टियानो रोनाल्डो रहेको युभेन्टस्लाई स्तब्ध तुल्याएर अगाडि बढेको आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा अगाडि रहेको छ ।

मंगलबार राति टोटनह्यामकै मैदानमा भएको उक्त खलमा आयक्स १–० गोलअन्तरले जितेका हो । योसँगै आयक्सलाई अवे मैदानमा एक गोलको अग्रता पनि मिलेको छ । यस पटकको च्याम्पियन्स लिगमा डच टोली आयक्सले पछि परेर पनि रियल मेड्रिड र युभेन्टस् जस्ता बलिया टोलीलाई पन्छाएको छ । सेमिफाइनलमा भने आयक्सले अग्रता लिएर फाइनल पुग्ने छाँटकाँट देखाएको छ ।

विज्ञापन

घरेलु मैदानमा भएको खेलमा इंग्लिस टोली टोटेनह्यामलाई हराउन डोनी भान डी बीकले १५ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो । आयाक्सले पहिलो हाफमा गरेका अन्य प्रहार भने गोल हुन सकेन ।

दोस्रो हाफमा टोटेनह्यामले खेलमा दवाब कायम गरेपनि गोल गर्न असफल रह्यो । उक्त खेलमा अयाक्सका १९ वर्षीय डिफेन्डर माथिस डे लिट च्याम्पियन्स लिगमा कप्तानी गर्ने सबैभन्दा कान्छा कप्तान समेत बनेका छन् । दोस्रो लेगको खेल आयाक्सको मैदानमा मे ८ तारिखमा हुनेछ ।

यो नतिजाले निरास गरेको टोटनह्यामका मेनेजर माउरिसियो पोकेटिनोले बताए । तर उनी आयक्सकै मैदानमा जित्ने आसमा भने रहेका छन् । उनले बताए—यो ज्यादै निरास नतिजा थियो हाम्रा लागि । तर एक गोलले हारेकोले हामीले आयक्सलाई हराउन सकिने अवस्था पनि छ । किनभने स्कोरर सन दोस्रो लेगमा फर्किँदैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार