होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
फुटबल

खेल मैदान हडप्ने दाउ

  • नागरिक रैबार
खेल मैदान हडप्ने दाउ

बैशाख २२, २०७६

हेटौंडा–४ मा रहेको एकमात्र खुला मैदान हुप्रचौरमा व्यावसायिक सटर र मिनी प्यारापिट निर्माणका लागि हेटौंडा उपमहानगरपालिका कार्यालयले प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

उनीहरुले शनिबार हुप्रचौरमा लगाइएको तारजाली निकालेका हुन् । जिल्ला खेलकुद विकास समिति र क्रिकेट खेलाडीलगायतले आर्थिक संकलन गरेर हुप्रचौरको दक्षिण क्षेत्रमा लगाएको तारजाली स्थानीयले शनिवार विहान निकालेका हुन् । हुप्रचौरलाई खुला राखिनुपर्ने तर साँघुरो बनाउँदै लगिएको भन्दै विरोधमा उत्रिएका स्थानीयले हुप्रचौर सरसफाइका क्रममा तारजाली निकालेका हुन् ।

विज्ञापन

हुप्रचौर हेटौंडामा एकमात्र क्रिकेट मैदान हो । क्रिकेटलाई कुनै किसिमको असर नहोस् भन्ने उद्धेश्यले हुप्रचौरको दक्षिण क्षेत्रमा स्थानीयको ओहोरदोहोर गर्ने गेट छेक्ने गरी तारजाली लगाइएको थियो । स्थानीयको ओहोरदोहारले मैदान बिग्रिने भन्दै तारजाली लगाएर गेट बन्द गरिएको थियो । सोही गेटमा लगाइएको तारजाली स्थानीयले निकालेका हुन् ।

हुप्रचौरमा कालो झण्डा गाडिएको छ । चौरमा व्यावसायिक सटर र प्यारापिट निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको विरोधमा हुप्रचौर सरोकार समितिको अगुवाइमा शनिबार कालो झण्डा गाडिएको हो ।

कालो झण्डा गाड्ने कार्यक्रममा हुुप्रचौर सरोकार समिति अध्यक्ष दीपक खड्का, राजनीतिकर्मी सीताराम बर्ताैला, हरिप्रसाद पौडेल, नागरिक अगुवा राजन मैनाली, नगर समन्वय समिति प्रतिनिधि ज्ञानेन्द्र देबकोटा, टोल विकास संस्थाका तर्फबाट सिर्जना पौडेल र जिल्ला फुटबल संघ सदस्य लवराज ठकुरीलगायतको उपस्थिति थियो ।

फागुन दोस्रो साता करिब ८० हजारको लागतमा पोलसहित तारजाली लगाइएको जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष दीपेन्द्र ढकालले बताउनुभयो । खेलाडीलाई नियमित अभ्यासमा असर नहोस् र स्थानीयलाई अभ्यासको क्रममा बलले लागेर घटना नहोस् भनेर तराजाली लगाइएको ढकालले बताउनुभयो । उहाँले तारजालीले हुप्रचौरलाई साँघुरो नपार्ने भन्दै निहीत स्वार्थका कारण स्थानीयले तारजाली निकालेको आरोप लगाउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार