होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • अर्जेन्टिना सेमिफाइनलमा, फाइनलका लागि ब्राजिलसँग भिड्ने
खेलकुद

अर्जेन्टिना सेमिफाइनलमा, फाइनलका लागि ब्राजिलसँग भिड्ने

  • नागरिक रैबार
अर्जेन्टिना सेमिफाइनलमा, फाइनलका लागि ब्राजिलसँग भिड्ने

रियो दी जेनेरियो : अर्जेन्टिना ब्राजिलमा जारी कोपा अकेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको क्वाटर फाइनलको खेलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

खेलको १०औं मिनेटमा लौतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ७४औँ मिनेटमा जिओभानी लो केल्सोले गोल गरी अग्रता दोब्बर बनाए । दुवै गोलका लागि सर्जियो अग्युरोले पास उपलब्ध गराएका थिए । समूह चरणको खेलमा बलियो ब्राजिललाई बराबरीमा रोकेको भेनेजुएलाले अर्जेन्टिनालेभन्दा बढी समय बल आफ्नो पक्षमा पारेको थियो । गोलका घेरै मौका भने बनाउन सकेन । अघिल्ला खेलमा डिफेन्डिङमा कमजोर देखिएको अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।

सेमिफाइनलमा अर्जेन्टिनाले ल्याटिन अमेरिकी चीर प्रतिद्वन्द्वी ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्वाटर फाइनलको अर्को खेलमा अहिले चिली र कोलम्बिया भिडिरहेका छन् । उरुग्वे र  पेरुबीच भोली बिहान प्रतिस्पर्धा हुँदैछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार