होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ […]
लन्डन — क्रिस्टियानो रोनाल्डोले शनिबार एक अर्को गोलको कीर्तिमान बनाएका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । यो जितले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न म्यानचेस्टरको सपना पनि जीवन्त भएको छ । रोनाल्डोले पछिल्ला १० खेलमा गोल गरेका थिएनन् । तर उनले टोटनहमविरुद्ध तीन सुन्दर गोल गरे र […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ दोस्रोपटक च्याम्पियन बनेको हो। मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे। फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए। खेलको […]
म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ । डर्टमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज छ । […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् । बार्सिलोना र गलातासारेबीचको दोस्रो […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक/एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले […]
नागरिक रैबार/बाजुरा २६ फागुन। ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ । “सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन […]
काठमाडौं। ‘रियल मड्रिड अझै जीवित छ’, ३४ वर्षीय स्ट्राइकर करिम बेन्जेमाले भने । जसले च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेइन-पीएसजी)लाई स्तब्ध पार्न दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । केलियन एम्बाप्पेले ३९औं मिनेटमा गोल गरेपछि पीएसजी समग्रमा २-० ले अघि बढेको थियो । अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजीले १–० को होम जित हासिल गरेको […]
एजेन्सी । करिम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि लियोनल मेसीको पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा दोस्रो लेगको पहिलो हाफमा केलियन एम्बाप्पेले गोल गर्दा पीएसीले समग्रमा २–० को अग्रता लिएको थियो । दोस्रो हाफमा १७ मिनेटको अन्तरमा फ्रान्सेली सुपरस्टार बेन्जिमाले […]
काठमाडौं । मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्स अन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ । दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो । लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ । यो घटनाबारे धरै कोणबाट अपुष्ट […]
नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा शनिबार प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र […]
काठमाडौं । युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ । स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ […]
धनगढी / धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए […]
काठमाडौं । इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीलाई आइतबार राति पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै लिभरपुलले लिग कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित ९० र थपिएको ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो । पेनाल्टीमा पनि दुवै टिमको गरेर २१ प्रहार गोलमा परिणत भएको थियो । तर, गोलकिपर काओमहिन केलेहरले […]
काठमाडौं । माटोको भाँडाकुटी बनाउने, माटैको पैसा । चिलाउनेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री । रुखको हाँगा हल्लाएर मोटरको अनुभव होस् वा सलाईको बट्टामा धागोले जोडेर बनाएको टेलिफोन किन नहोस् । २०५० को दशकसम्म बालापन गुजारेका पुस्ताले लिएको रैथाने खेलको मनोरञ्जन हो यो । बालापनमा कुनै कुराको अभाव थिएन । कागजको ढुंगा […]
काठमाडौँ : ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान […]
स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी […]
काठमाडौँ — ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी शुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह […]
काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ । समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ । ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा […]