होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जर्मनी र स्पेन एकै समूहमा
समाचार

जर्मनी र स्पेन एकै समूहमा

भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान एकै समूह ‘बी’ मा परेका छन्

  • नागरिक रैबार
जर्मनी र स्पेन एकै समूहमा

दोहा — चार पटकको विजेता जर्मनी र सन् २०१० को विजेता स्पेन यसै वर्ष हुने विश्वकप फुटबलको एकै समूहमा परेका छन् । समूह ‘ई’ मा अर्को टोली जापान छ भने एक टोलीको निर्क्योल हुन बाँकी छ । शुक्रबार २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको थियो ।
जर्मनी, स्पेन र जापान समावेश समूहमा थप टोलीको प्लेअफ खेल हुन बाँकी छ ।

उत्तर अमरिकी क्षेत्रको चौथो स्थानमा रहेको कोस्टारिका र ओसियाना क्षेत्रको विजेता न्युजिल्यान्डबीच हुने खेलको विजेता समूह ‘ई’ मा आउने छ । सन् २०१४ मा विश्वकप जितेको जर्मनी विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको थियो । यसपालि जर्मनीले वरीयता पाएको थिएन ।

फिफा वरीयतामा शीर्ष सात स्थानमा रहेका टोली र आयोजक कतारलाई पट वानमा राखेर समूह विभाजन गरिएको थियो । नोभेम्बर २१ देखि डिसेम्बर २८ सम्म दोहामा हुने विश्वकपका लागि ‘ड्र’ गरिएको हो । खाडी राष्ट्रमा पहिलो पटक विश्वकप आयोजना हुने लागेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एसियाली राष्ट्रमा हुँदै छ ।

विज्ञापन

भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान एकै समूह ‘बी’ मा परेका छन् । इंग्ल्यान्ड उक्त समूहको अर्को प्रतिद्वन्द्वी हो । युक्रेनमा रुसले गरेको आक्रामणका कारण रोकिएको छनोट चरणको खेलले यस समूहको चौथो टोली छनोट गर्नेछ । यसमा स्कटल्यान्ड, वेल्स र युक्रेनले प्रतिस्पर्धा गर्न बाँकी छ ।

इरान र अमेरिका १९९८ मा फ्रान्समा भएको विश्वकपयता पहिलो पटक आमनेसामने हुन लागेका हुन् । इरानले लियोनमा भएको त्यो खेल २–१ ले जितेको थियो । इरानले नोभेम्बर २१ मा इंग्ल्यान्डसँग आफ्नो पहिलो खेल खेल्नेछ । पछिल्लो विश्वकप सेमिफाइनलमा पुगेको इंग्ल्यान्ड युरो २०२० मा फाइनलमा इटालीसँग पराजित भएको थियो ।

पहिलो पटक विश्वकप खेलिरहेको कतारले ६० हजार दर्शक क्षमताको अल बायत रंगशालामा इक्वेडरसँग आफ्नो पहिलो खेल खेल्नेछ । समूह ‘ए’ का अन्य दुई टोलीमा नेदरल्यान्ड्स र सेनेगल छन् । नेदरल्यान्ड्स चार वर्षअघिको विश्वकपमा छनोट हुन सकेको थिएन । डिफेन्डिङ च्याम्पियन फ्रान्सले समूह ‘डी’ मा डेनमार्क, ट्युनिसियाको सामना गर्नेछ । रुसमा २०१८ मा भएको विश्वकपमा फ्रान्सले क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विजेता बनेको थियो । एसियाली क्षेत्रको विश्वकप छनोटमा आ–आफ्नो समूहमा तेस्रो भएको यूएई र अस्ट्रेलियाबीचको विजेताले दक्षिण अमेरिकी क्षेत्रमा पाँचौं भएको पेरुसँग खेल्नेछ र त्यसको विजेताले विश्वकपमा जर्मनी, स्पेन र जापानसँग समूह चरणमा खेल्नेछ ।

विश्व फुटबल स्टार लियोनल मेसी र फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोवस्की समूह चरणमै आमनेसामने हुनेछन् । अर्जेन्टिना र पोल्यान्ड समूह ‘सी’ मा साउदी अरेयिबा र मेक्सिकोसँगै रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार