होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट
समाचार

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

  • नागरिक रैबार
पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो ।

पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले कप्तान कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका हुन् ।

त्यसअघि पोर्चुगललाई अग्रता दिलाउनबाट कप्तान रोनाल्डो चुकेका थिए ।तर, दोस्रो हाफमा फेरि ब्रुनोले गोल गर्दै अग्रता दोब्बर पारे । ६५औं मिनेटमा डिओगो जोटाको पासमा ब्रुनोले गोल गर्दै टिमलाई विश्वकप पुर्‍याए ।

विज्ञापन

म्यासेडोनियाले यसअघि युरो च्याम्पियनलाई निराश बनाउँदै विश्वकप यात्रामा रोक लगाइदिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार