होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालले आज थाइल्याण्डसँग खेल्दै
समाचार

नेपालले आज थाइल्याण्डसँग खेल्दै

  • नागरिक रैबार
नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् ।

छनोट खेलको समूह ए मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । यस्तै थाइल्याण्डको समूहमा उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।थाइल्याण्ड र इन्डोनेसिया नजिकका टिम रहेको अनि उनीहरुको लेभल पनि जोर्डन र कुवेत जस्तै रहेकाले नेपालले थाइल्याण्डसँग खेर्ल्न लागेको हो ।

विज्ञापन

उता थाइल्याण्ड पनि श्रीलंका र माल्दिभ्सविरुद्ध खेल्नुअघि दक्षिण एसियाकै नेपालसँग खेलेर तयारी गर्न चाहन्छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबारको प्रि म्याच कन्फ्रेन्समा त्यही भने । उनले एसियन कप छनोटको लागि थाइल्याण्ड विरुद्धको खेल महत्वपूर्ण रहने बताए ।

अल्मुताइरीले थाइल्याण्ड जानुअघि नेपालमा भएको बिदाइका बेला थाइल्यण्डलाई जित्ने आशा समेत राखेका थिए । लिग च्याम्पियन मच्छिन्द्र एफसीका खेलाडीहरु यस पटक एएपसी कपको तयारीमा रहेकोले राष्ट्रिय टिममा छैनन् । त्यसैले नयाँ खेलाडीको लागि यो अवसर रहेको अल्मुताइरीले बताएका छन् ।

नेपालले थाइल्याण्ड विरुद्ध अहिलेसम्म कति खेल खेल्यो त्यसको आधिकारिक तथ्याङ्क छैन । तर प्राप्त तथ्याङ्क अनुसार भने नेपालले तीन दशकपछि थाइल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले सन् १९८७ मा ओलम्पिक छनोटको अवसरमा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो । जहाँ दुवै खेलमा नेपाल ३–० र २–१ ले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार