होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालले पीएनजीलाई दियो १८४ रनको लक्ष्य
समाचार

नेपालले पीएनजीलाई दियो १८४ रनको लक्ष्य

  • नागरिक रैबार
नेपालले पीएनजीलाई दियो १८४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशिय टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १८४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।

आक्रमक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिलाएका थिए । तर तेस्रो ओभरमा कुशल रनआउट भए । कुशलले ११ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २० रन बनाए ।

त्यसपछि अर्का ओपनर आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङ्स अघि बढाए । यी दुईले ९ ओभरमा दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे ।आसिफ र रोहित क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने सम्भावना देखिएको थियो ।

विज्ञापन

तर १२औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन थाल्यो । आसिफले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । आसिफसहित नेपालले लगातार ५ ओभरमा ५ विकेट गुमायो । अर्को ओभरमा रोहित पौडेल आउट भए । उनले २६ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ४, कुशल मल्ल ११ र लोकेश बम ५ रनमा आउट भए ।

१६औं ओभरमा नेपालले विकेट गुमाउने श्रृंखला रोक्यो । उक्त ओभरमा करण केसीले नर्मन भानुअलाई २ छक्का प्रहार गरेका थिए । तर अर्को ओभरमा करण केसी ७ बलमा १४ रन बनाएर आउट भए ।

१९औं ओभरमा सोमपाल कामी १ रन बनाएर आउट भएपछि नेपालले आठौं विकेट गुमायो । विकेट जाने क्रम अझै रोकिएन । अन्तिम ओभरको पाँचौ बलमा आरिफ शेख ३२ रन बनाएर आउट भए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

पीएनजीका लागि अलेइ नाओ र चाड सपर र चार्ल्स अमिनीले २-२ तथा नर्मन भानुअ र रिले हेकुरेल १-१ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार