होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई
समाचार

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

  • नागरिक रैबार
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

धनगढी: कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ ।

फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–२३ र २५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमायो। चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई पराजित गरेको छ । गण्डकीले एपीएफलाई ३–१ को सेटले पराजित गरेको हो । तेस्रो हुने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कृत गरिएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ भए । उनले नगद १५ हजार प्राप्त गरे । यस्तै उदयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह भए । उनीहरुलाई जनही १० हजारसहित पुरस्कृत गरिएको आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए। प्रतियोगितामा तीन विभागिय र ६ प्रदेश गरी ९ टोलीको सहभागिता रहेको थियो ।

विज्ञापन

सुदूरपश्चिम घर भएका खेलाडी सम्मानित
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा सुदूरपश्चिम घर भएका भलिबल खेलाडीलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंहका अनुसार नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित ८ जनालाई सम्मान गरिएको हो । सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका भलिबल खेलाडी राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई पनि सम्मान गरिएको परिषद्ले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार