होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सन्दीपले पूरा गरे ५० विकेट
समाचार

सन्दीपले पूरा गरे ५० विकेट

सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ खेलमा मात्र सन्दीप विकेटविहीन रहे ।

  • नागरिक रैबार
सन्दीपले पूरा गरे ५० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गरेका छन् ।शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरेका हुन् ।

सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ खेलमा मात्र सन्दीप विकेटविहीन रहे ।

आईपीएलसहित विश्वका लगभग सबै फ्रेन्चाइज क्रिकेट खेलेका नेपाली ग्लोवल स्टार सन्दीपले २०२० को फेब्रुअरी १२ मा अमेरिकाविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा करिअरको उत्कृष्ट बलिङ गरेका थिए । विश्वकप लिग टू अन्तर्गतको सो खेलमा उनले ६ ओभर बलिङ गरी १ मेडन राख्नै १६ रन खर्चिएर ६ विकेट लिएका थिए ।

विज्ञापन

एकदिवशीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि श्रीलंकाका अजन्था मेण्डिसले १९ इनिङ्समा ५० विकेट पूरा गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा भने उनले अघिल्लो महिना ५० विकेट पूरा गरेका हुन् । ओमानमा भएको चारदेशीय शृंखलाअन्तर्गत फागुन २ गते आयरल्याण्डसँगको खेलमा उनले टी–२० करिअरको ५०औं विकेट लिएका थिए । टी–२० अन्तर्राष्ट्रियमा उनको ६२ विकेट पुगिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै